हङकङमा ब्याडमिन्टनको उपाधी हिमाल चन्दको जोडिको कब्जामा

 

डिभिजन ए का बिजेता खेलाडीहरु

गत आईतवार श्रम दिवसको दिन चुनमुन नेपाली परिवारले याउ ओइ स्पोर्ट्स सेन्टरमा आयोजना गरेको “मिन्स डबल्स खुल्ला ब्याडमिन्टन प्रतियोगिता” को उपाधी हिमाल चन्दको जोडीले हात पारेका छन। डिभिजन ए र बी समुह गरि बेस्ट अफ थ्री सेटमा खेलाईएको उक्त प्रतियोगिताको डिभिजन ए तर्फ हिमाल चन्द र बिरेन थापाको जोडीले मिन घले र प्रेम थापाको जोडिलाई २१-६, २१-१५ को सोझो सेटमा पाखा लगाई उपाधी हात पारेका थिए। त्यसै गरि डिभिजन बी तर्फ देब राज सुनुवार र युबराज गुरुङको जोडी ले खुम राना र ईश्वर गुरुङको जोडि लाई २१-१३, १७-२१, २१-११ को रोचक प्रतिस्पर्धामा पराजित गरेका थिए। आयोजकले प्रतियोगितामा दुबै डिभिजनका बिजेता तथा उपबिजेता जोडीहरुलाई हङकङ डलर ४००० र २०००, ट्रफी र प्रमाण पत्र प्रदान गरिएको थियो। प्रतियोगितामा डिभिजन ए तर्फ ७ र डिभिजन बी तर्फ १४ जोडीले प्रतियोगितामा सहभागी थिए।
मुख्य आकर्षकको रुपमा रहेको डिभिजन ए तर्फका बिजेता हिमाल चन्दलाई “छोरो को उमेरका प्रतिद्वन्द्वीहरुलाई पाखा लगाउदै उपाधी हात पार्नु भो, कत्तिको रमाईलो लागेको छ? ” सोधेको प्रश्नको जवाफ उनले भने ” जित मिठो त हुन्छ नै तर जित्नु भनेको सधै पहिलो हुनु भने चाही हैन, तर पहिला भन्दा राम्रो प्रदर्शन गर्नु हो। यहि राम्रो प्रदर्शनले जवान भाईहरुलाई यो उमेरमा चुनौती दिन सकियो, खुशी लागेको छ”। उमेरमा झन्डै पचपन्न पुगेका हिमालले बृटिस आर्मी छदा दर्जनौ प्रतियोगिताहरु जितेको अनुभव छ, साथै भारतियहरुले आयोजना गर्ने एक प्रतिष्ठित प्रतियोगितामा त लगातार ३ पटक शिल्ड पचाईदिएर खेल्न बाटै बन्चित गराएको कथा सुनाए।

   

डिभिजन बी का बिजेता खेलाडीहरु

 

 

आयोजक चुनमुन परिवारले दोश्रो पटक सम्पन्न गरेको यो प्रतियोगिता हरेक बर्ष गराउने योजना रहेको परिवारको तर्फ बाट ईमान राईले बताएका छन।”हामी यो खेल मार्फत स्वस्थ जिवन यापन गर्न, पुरानो तथा नया पुस्तामास्पोर्टिङ कल्चर बसाउन तथा पारस्पारिक सम्बन्ध बिकास गर्न चाहन्छौ” ईमानले भने।
खेल पश्चात सहभागी सबैलाई चुनमुन साम साङ समुद्री तटमा निशुल्क बिबिक्यु गराउदै पुरस्कार बितरण गरिएको थियो।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार