पहेंलो सुनको कालो धन्दा……..

बैशाख २१, २०७५   काठमाडौं – १७ अर्ब १ करोड ८० लाख ७१ हजार चार सय १३ रुपैयाँ बिगो मागदाबीसहित जिल्ला अदालत मोरङमा बुधबार पेस गरिएको अभियोगपत्रले वर्षाै‌देखि कसरी अवैध सुन तस्करी निर्बाध चलिरहेको थियो भन्नेबारे अनेकन तथ्य सतहमा ल्याएको छ । विमानस्थलबाट बाहिरिएको सुन कहाँ–कहाँ पुग्थ्यो भन्ने बताउने क्रममा प्रतिवादी मोहन काफ्लेले बयानमा भनेका छन्, ‘विमानस्थलबाट बाहिरिएको सुन भोजराज भण्डारी र चुडामणि उप्रेतीले दरबार दोहोरीमा लगेर हरि खडकाको मान्छे रामहरि कार्कीलाई बुझाउँथे ।’

‘यसरी ल्याउँथ्यौं सुन

मैले सुरुमा १५ दिनजति चुडामणि उप्रेतीको सवारीचालक भएर काम गरेँ । पछि उनले एयरपोर्टको काम हेर भनेर जिम्मा लगाइदिए । सुन ल्याउने व्यक्ति एयरपोर्टको भित्री गेटबाट बाहिर निस्केपछि चुडामणि सुन ल्याउने व्यक्तिको फोटो र हुलिया मोबाइलमा पठाइदिन्थे । (बयानको सम्पादित अंश)  म र भोजराज भण्डारीले सोही आधारमा कालो झोलामा सुन बोकेर बाहिरिने मान्छेबाट सुन बुझेर ट्याक्सीमा राखी भित्री गेटबाट बाहिर निकाल्थ्यौं । अनि चुडामणिले सुन ल्याउनेलाई दिने भनेको रकम थमाइदिन्थ्यौं । त्यहाँबाट हामी गौशालातिर जान्थ्यौं । चुडामणि र सनम शाक्य पशुपति भिजनअघि प्राइभेट गाडीमा हामीलाई कुरिबसेका हुन्थे । हामी ट्याक्सीबाट उत्रेर सुनको झोलासहित अर्को गाडीमा चढेर मित्रपार्कको ओरालोसम्म पुग्थ्यौं । त्यसपछि उनीहरू गाडीबाट उत्रेर कता लाग्थे, थाहा भएन । हामी भने सुनसहित भोजराजको कोठामा पुग्थ्यौं, चाइनिज क्यासकेटभित्र भएको सुन निकाल्थ्यौं । सो सुनबारे चुडामणिलाई जानकारी गराएपछि उनीहरूले आधा सुन लगेर बानेश्वरस्थित प्रमोद श्रेष्ठको घरमा बुझाउँथे । बाँकी सुन म, भोजराज र चुडामणिले दरबार दोहोरीमा लगेर हरि खडकाको मान्छे रामहरि कार्कीलाई बुझाउँथ्यौं ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार