बालबालिकाहरुको तेक्वान्दो बेल्ट अपग्रेडिङ्ग टेष्ट सम्पन्न

  टोपबहादुर याक्खा

५ मे, हङकङ– युनाइटेड तेक्वान्दो अकाडेमी हङकङ अन्तर्गत तेक्वान्दो किड्स जोर्डन ब्रान्चमा प्रशिक्षण लिइरहेका बालबालिकाहरुको सेकेण्ड बेल्ट अपग्रेडिङ्ग टेष्ट जोर्डन स्थित कुन चुङ स्पोर्टस सेन्टरमा सम्पन्न भयो ।
क्लबका प्रेसिडेण्ट तथा मास्टर सैलेन्द्र राईद्धारा लिइएको उक्त अपग्रेडिङ टेष्टमा कलर बेल्टका डेढ दर्जन नेपाली बालबालिकाहरुले टेष्ट दिएका थिए । सो अवसरमा स्टुडेण्टहरुले पुम्सेइका साथै सेल्फ डिफेन्स, किकिङ पावर, पन्चिङ पावर, ब्लकिङ, उड ब्रोकन लगायत तेक्वाण्दो सम्बन्धि विभिन्न आकर्षक कलाहरु समेत प्रदर्शन गरेका थिए ।
बेल्ट अपग्रेडिङ टेष्ट सम्पन्न भएसंगै मास्टर राईद्धारा सफल स्टुडेण्टहरुलाई बेल्ट तथा विभिन्न सर्टिफिकेट समेत वितरण गरेका थिए ।
मार्शल आर्ट संगै केही दशकयता अन्तराष्ट्रिय खेलका रुपमा लोकप्रिय बन्दै गएको तेक्वान्दोले श्वास्थ्य रहनका लागि शारीरिक व्यायम, आत्म सुरक्षाका साथै अनुशासनमा रहन समेत सिकाउँने हुँदा समयको सदुपयोग गर्दै नेपालीहरुले समेत विशेष महत्वका साथ सिक्नु पर्नेमा जोड दिदै जोर्डन किड्स ब्रान्चका प्रशिक्षक, स्टुडेण्ट तथा प्यारेन्ट्सहरु प्रति मास्टर राईले आभार प्रकट गरेका थिए ।
जोर्डन, वान्चाई, सेन्ट्रल, मङकक, साम सेई पु, लङ पिन, ताइपो, चिङ यी लगायत हङकङका विभिन्न स्थानमा गरी डेढ दर्जन बढि ब्रान्च रहेको उक्त क्लबमा ३५० बढि स्टुडेण्टहरु रहेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार