१५ जनाको बयान सकियो

२४ बैशाख २०७५,   विराटनगर– साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याको घटनामा पक्राउ परेकामध्ये १५ जनाको बयान सकिएको छ । आइतबारसम्ममा १६ जनाको बयान सुरु गरिएकोमा १५ जनाको सकिएको जिल्ला अदालत मोरङका स्रेस्तेदार नवराज दुलाले जानकारी दिए । घटनामा प्रत्यक्ष संलग्न भएको अभियोग लागेका टेकराजमल्ल ठकुरी, मोहन काफ्ले, मदनप्रसार घिमिरे,नरेन्द्र कार्की, लाक्पा शेर्पा र राजन कुमारस“ग गत बिहीबारदेखि बयान लिन थालिएको थियो । शुक्रबारसम्म टेकराज मल्ल ठकुरीबाहेक अन्य ५ जनाको बयान सकिएको थियो । आइतबार ठकुरीस“गको बयान सकेर थप ९ जनाको बयान थालिएको थियो । आइतबार भुजुङ गुरुङ, राजेन्द्रकुमार शाक्य, महावीरप्रसाद गोल्यान अग्रवाल, लालबहादुर मगर, बालकृष्ण संजेल, वीरेन्द्रमान श्रेष्ठ,सम्बिर प्रसाद तोलाङगे, बालकृष्ण श्रेष्ठ र दोराम खत्रीको बयान थालिएको थियो । जसमा बालकृष्ण संजेलबाहेक अन्यको बयान सकिएको जिल्ला अदालत मोरङले जनाएको छ । स्रेस्तेदार दुलालका अनुसार वैशाख २५ गतेसम्ममा बयान सकिने संभावना देखिएको छ । बयान नलम्विएको अवस्थामा २५ गते सम्ममा पक्राउ परेका सबैको बयान सकिने सम्भावना छ ’ दुलालले भने । बयान लिएकाहरूलाई अपहरण, हत्या, संगठीत अपराध, सुन चोरी पैठारी र चोरी निकासीलगायतका मुद्दा लगाइएको छ । सुन तस्करी प्रकरणको मुद्दा न्यायाधीश नारायणप्रसाद शर्माले हेरिरहेका छन् । सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा जोडिएका उच्च प्रहरी अधिकारीसहित पक्राउ परेका २९ सहित ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा गत बुधबार मुद्दा दर्ता भएको थियो । मुद्दा दायर भएकामध्ये कपिलराज पुरी, गोपालकुमार श्रेष्ठ, पुन्यप्रसाद लामा, हेमन्त गौतम, राजु महर्जन, राजन थापा, अमरमान डंगोल, तुलाराम थारु, पूर्व डिआइजी गोविन्दप्रसाद निरौला, जवान विष्णुबहादुर खड्का, एस्पी विकासराज खनाल, एस्एस्पी दिवेश लोहनी र डिएस्पीद्वय प्रजित केसी र संजय राउतलगायत १३ जनास“ग बयान लिन बा“की छ । यस्तै शुक्रबार प्रहरीको सम्पर्कमा आएका प्रहरी हवल्दार अमरवहादुर थापा मगरलाई अदालतमा बुझाइसकेको मोरङका प्रहरी प्रमुख अरुण विसीले बताए । जिल्ला अदालतमा बुझाइएका थापास“ग पनि अदालतले बयान लिनेछ । सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा मुछिएका प्रहरी बरिष्ठ उपरीक्षक श्यामबहादुर खत्री, सुन तस्करका नाइके चुणामणी उप्रेती ‘गोरे’ सहित ३३ जना अझै फरार छन् । जसमा सुनिल श्रेष्ठ, रक्षा भण्डारी, अर्जुनप्रसद खरेल, गुप्तलाल भुषाल, रामहरि कार्की, प्रयास पराजुली,सञ्जय अधिकारी र समिर अधिकारी फरार छन् । त्यस्तै गिता श्रेष्ठ, चुणामणी उप्रेती गोरेकी श्रीमती नर्बदा खरेल उप्रेती, माधव आचार्य, ओमप्रकाश नेवार, सुनिलकुमार अग्रवाल, कृष्णगोपाल अग्रवाल, रमेश उप्रेती, चेतनाथ भण्डारी, प्रमोदकुमार श्रेष्ठ, वेनु श्रेष्ठ, हरिसरण खडका, कमल कार्की, मणिराज चौलागाई, शिवकुमार गुभाजु, सुरेन्द्र गौतम, मोहमद उस्तम मिया, टुकबहादुर मगर, भबिन तामाङ, मोहनकुमार अग्रवाल, छिरिङ वाङगेल घले फरार छन् । फरार रहेकाहरूको खोजि कार्य भइरहे पनि हालसम्म फेला पर्न नसकेको मोरङ प्रहरी प्रमुख विसीले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार