धर्मगुरु आचार्य श्रीनिवास पक्राउ………..

बैशाख २४, २०७५   काठमाडौं– विराटनगरमा गोली लागेर घाइते भएका धर्मगुरु श्रीनिवासाचार्य पक्राउ परेका छन् ।  श्रीनिवाचार्य भारतको राजधानी नयाँ दिल्ली जाने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सोमबार पक्राउ परेका हुन् । स्रोतका अनुसार दुई सहयोगीले उनलाई विमानस्थलमा पुर्याएर फर्किएपछि उनी विमानस्थलभित्रबाट पक्राउ परेका हुन् । गोली प्रहारको घटना उनी आफैंको योजनामा घटाइएको अनुसन्धानबाट खुल्न आएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले हिन्दुराज्यको पक्षमा लबिङ गर्दै आएका छन् । तर, केही उपाय गर्दा पनि देशलाई हिन्दुराज्य बनाउन नसकिएपछि यस्तो विधि अपनाउनुपरेको श्रीनिवासाचार्यले प्रहरीलाई बयान दिएको मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार विसीले बताए । उनकै योजनामा गोली हान्ने र पेस्तोल उपलब्ध गराउने दुई युवालाई पनि प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मोरङमा सोमबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा नवलपरासीको गैँडाकोट–५ बस्ने ३२ वर्षीय खान र सन्तोष भनिने लक्ष्मीराज अधिकारीपनि पक्राउ परेका छन् । उनीमाथि चैत २४ गते मोरङमा गोली प्रहार भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार