हङकङमा साकेला उभौलीको रौनाक

  टोपबहादुर याक्खा

६ मे, हङकङ – किरातहरुको महान राष्ट्रिय चाड उभौलीको अवसरमा किरात राई यायोक्खा हङकङद्धारा चुला र प्रकृती पूजाका साथै धुमधामका साथ शिली नाँचेर साकेला उभौली मनायो ।
३० अप्रिलका दिन यायोक्खाको सुप्तुलुङ खिम (सामुहिक चुला घर¬) मा विधि पूर्वक सामुहिक चुला पूजा गरी शुरु भएको साकेला उभौली चाड ६ मे आइतबारका दिन यलम्बर डाँडाँ (ताइ मो शान कन्ट्रि पार्क) मा विशाल जनसहभागिताका बीच औपचारिक कार्यक्रम तथा साकेला शिली नृत्य प्रदर्शन गर्दै सम्पन्न भयो ।
यायोक्खाका अध्यक्ष हरिचन्द्र राईको सभापतित्वमा सम्पन्न औपचारिक कार्यक्रमको प्रमुख अतिथि आदिवासी जनजाती महासंघका अध्यक्ष किसन राई रहेका थिए । त्यस्तै गरी अन्य अतिथिहरुमा हङकङ नेपाली महासंघका अध्यक्ष रिता गुरुङ, एन.आर.एन.ए. हङकङकी अध्यक्ष टिका गुरुङ लगायत अन्य तीन किरातका अध्यक्ष तथा प्रतिनिधीहरुका साथै यायोक्खाका सल्लाहकार एवं भाषिक संस्थाका अध्यक्षाहरु रहेका थिए ।
यायोक्खाका महासचिव बज्र कुमार राईको श्वागत मन्तब्य संगै शुरु भएको औपचारिक कार्यक्रमलाई यायोक्खाका सहायक कुबिमीद्धय नारायण प्रसाद राई र महिद्र कुमार राईद्धारा साकेला थानमा बिधि पूर्वक प्रकृतीको पूजा गरेर उद्धघाटन गरिएको थियो । प्रमुख अतिथि किसन राई तथा अध्यक्ष हरिचन्द्र राई लगायत अन्य अतिथिहरुद्धारा साकेला उभौलीको अवसरमा शुभकामना मन्तब्य राखिएको उक्त कार्यक्रममा यायोक्खाको मुखपत्र “यलम्बर” अंक १९ समेत सार्वजनिक गरिएको थियो ।
यायोक्खाका सचिव गजेन्द्र राईद्धारा संचालन गरिएको छोटो औपचारिक कार्यक्रम समापन भए संगै शुरु भएको साकेला शिली नृत्य प्रदर्शनले उपस्थित सबै दर्शक दिर्घहरुको मन खिचेको थियो । शिली माक्पा प्रतिक चाम्लिङ र शिली माङमा रेनुका राईको नेतृत्वमा किराती भेषभुसामा सजिएका किराती चेली तथा युवाहरु ढोल, झ्याम्टा बजाउँदै विभिन्न शिली टिपेर नाचिरहँदा उपस्थित अन्य जातजातिका नेपाली तथा स्थानिय चाइनिजहरु समेत बीचबीचमा घुसेर नाच्नुका साथै फोटो तथा भिडियो खिच्नमा व्यस्त देखिन्थे ।
प्रकृती पूजक ४ किरातहरुको महान चाड (उधौली र उभौली) लाई स्थापनाकाल देखि नै यायोक्खा हङकङले उधौली र उभौलीको अवसरमा वर्षको दुई पटक मनाउँदै आएको छ ।

 

aama-book

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार