५५ किलोको बुद्धको मुर्ति उपहार………..

बैशाख २९, २०७५  काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई काठमाडौंमा नागरिक अभिनन्दन गरिएको छ । शनिबार राष्ट्रिय सभागृहमा आयोजित विशेष कार्यक्रममार्फत काठमडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले मोदीलाई अभिनन्दन गरे । सो अवसरमा मोदीलाई शान्तिको प्रतिक बुद्धको ५५ किलोको मुर्ति पनि उपहार दिइएको थियो । काठमाडौं महानगरपालिकाले गरेको नागरिक अभिनन्दनपछि सम्बोधन गर्दै मोदीले बुद्धको जन्मभूमि लुम्बिनी पुग्ने इच्छा देखाए । उनले दुई पटकको नेपाल यात्राका क्रममा पवित्र धार्मिकस्थल पशुपतिनाथ, जानकी मन्दिर र मुक्तिनाथको दर्शन गरेको भन्दै अर्को पटक समय मिलाएर बुद्धको जन्मभूमि लुम्बिनी जाने बताए । उनले भने, ‘दुई पटकको यात्रामा पशुपतिनाथको यात्रा गर्न पाएँ। यो पटक मुक्तिनाथजनकपुर जाने अवसर पनि पाईयो । यो महत्वपपूर्ण तीर्थ स्थलमात्र होइन । भारत र नेपालको अटुट सम्बन्धको उदाहरण हो । म अर्को पटक बुद्धको जन्मभूमि लुम्बिनी जाने पक्कै प्रयास गर्नुे छु । बुद्ध हामी दुबै देशको मानवजातिको धरोहर हो ।  भारतले बुद्धबारे गलत प्रचार गरिरहेको बेला मोदीले बुद्ध नेपालमै जन्मिएको बताएका हुन् । नेपालीमा सम्बोधन सुरु गरेका मोदीले आफूलाई नागरिक अभिनन्दन गरेकोमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई धन्यवाद समेत दिए । उनले नेपालीमा भने, ‘राष्ट्रिय सभा गृहमा तपाईहरुलाई पनि अभिनन्दन गर्दछु । मलाई अभिनन्दन गर्नुभयो । म आभारी छु । यो मेरो मात्र हाेइन पुरै भारतको सम्मान हो ।  नेपाल र भारतबीचको आफ्नै खालको सम्बन्ध रहेको भन्दै मोदीले आफूले पनि अभिनन्दित भएर सौभाग्य पाएको बताए । जहिले पनि नेपाल आउँदा आफूलाई आत्मीयताको अनुभूति हुने माेदीले बताए । आजको दिनमा जनकपुरले निकै ठुलो सन्देश दिने भन्दै मोदीले काठमाडौंको पनि आफ्नै छबी रहेको बताए । ‘ त्यो शहरको होइन । त्यो भौगोलिक उपत्यकाको मात्र पनि होइन । हाम्रो छिमेकी राजधानी मात्र भनेर होइन । बुद्ध र सगरमाथाको राजधानी भएर पनि होइन । काठमाडौ एउटा पुरापुरी दुनियाँ हो । त्यसको त्यति नै पुरानो इतिहास छ जति पुरानो इतिहास हिमालको छ ।’, काठमाडाैकाे बयान गर्दै उनले भने ।काठमाडौंमा काठको मण्डप मात्र नभइ साझा समझदारीको विविधताको विरासत र त्यसको ठुलो मनको झलक भेटिने उनको भनाई छ । मोदीले भने, ‘ नागार्जुनको जंगल होस् अथवा शिवपुरी अथवा वागमतीको मन्जुश्रीको गुफा किन नहोस् । दुनियामा आफैमा अनौठो छ । घरहरुको छतबाट एकातर्फ धौलागिरी र अर्कोतिर सगरमाथा र कन्चनगंगा देखिन्छ । यस्तो कहाँ सम्भव छ ? त्यो सम्भव छ भने मात्र काठमाडौंमा मात्र छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार