यसरी बित्यो मोदीको २ दिने नेपाल भ्रमण…………

बैशाख २९, २०७५  शम्भु दंगाल

 भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किएका छन् । शुक्रबार बिहान साढे १० बजे जनकपुरमा आइपुगेका मोदी दुई दिने धार्मिक तथा राजनीतिक भ्रमण सकेर शनिबार दिउसो पौने ५ बजे एयर इन्डिायाको विमानबाट स्वदेश फर्किएका छन् । दुई दिने नेपाल बसाईका क्रममा उनले ३ वटा धार्मिक पीठमा पूजापाठ गरे भने काठमाडौंबाटै संखुवासभामा रहेको अरुण तेश्रो जलबिद्युत आयोजनाको शिल्यान्यास गरे । यस्तै विभिन्न दलका नेताहरुसँग भेटवार्ता समेत गरे । उनलाई जनकपुर तथा काठमाडौंमा छुट्टाछुट्टै रुपमा नागरिक अभिनन्दन पनि गरियो ।

भ्रमणको पहिलो दिन : जानकी मन्दिरमा पूजा, नागरिक अभिनन्दन

शुक्रबार बिहान साढे १० बजे भारतीय विमानबाट जनकपुर आइपुगेका मोदीलाई रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले स्वागत गरेका थिए । जनकपुरको जानकी मन्दिरमा उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका थिए भने दुबैजनाले संयुक्त रुपमा षड्षोपचार बिधीबाट पूजा गरेका थिए । जानकी मन्दिरको पूजा सकिएपछि जनकपुरको बाह्रबिघा मैदानमा उनलाई नागरिक अभिनन्दन गरिएको थियो । साथै उनलाई विभिन्न संघ संस्था माफर्त ३ वटा १ सय २१ किलोको माला लगाएर सम्मान समेत गरिएको थियो । सो अवसरमा उनले जानकी मन्दिर तथा सो आसपासका क्षेत्रको विकासका लागि एक अर्व रुपैयाँ सहयोग गर्ने घोषणा समेत गरे । जनकपुरमा झन्डै २ घण्टा बिताएर काठमाडौ आएका मोदीलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्वागत गरेका थिए । विमानस्थलबाट उनी सिधै होटल हायत पुगेका थिए ।

सैनिक मञ्चमा गार्ड अफ अनर : १९ तोपको सलामी  

काठमाडौंको हायत होटलमा केही बेर बसेपछि साँझ साढे ४ बजे उनी काठमाडौंको टुडिखेल स्थित सै नीक मञ्च पुगेका थिए, जहाँ उनलाई राजकीय  भ्रमणको सम्मान स्वरुप सम्मान गारत गार्ड अफ अनर प्रदान गरिएको थियो । नेपाली सेनाले गरेको बिशेष समारोहमा उनलाई १९ तोपको सलामी दिइयो । सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली तथा अन्य बिशिष्ट ब्यक्तिहरु सैनिक मञ्च पुगेका थिए ।त्यसपछि राष्ट्रपति कार्यालय शितल निवास पुगेर उनले राष्ट्रपति बिद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनसँग छलफल गरेका थिए ।

 

प्रधानमन्त्री ओलीसँग वार्ता : अरुण तेश्रोको शिल्यान्यास

राष्ट्रपति कार्यालयबाट होटल द्धारिकामा फर्किएका मोदी र प्रधानमन्त्री ओलीबिच दुई देशको सम्बन्ध र आपसी हीतका बारेमा छुट्टै छलफल भयो । दुई प्रधानमन्त्री बिच भएको छलफल पनि संयुक्त रुपमा पत्रकार सम्मेलनको आजोजना गरियो । सो सम्मेलनमा प्रधानमन्त्री मोदीले नेपालको समृद्धि र विकासका लागि भारत साथ रहेको बताँउदै प्रधानमन्त्री ओलीको भिजन र सपनालाई पूरा गर्न आफ्नो सहयोग रहने बताए । सो भेटमा प्रधानमन्त्री ओलीले भारतीय नोटबन्दीका कारण नेपालमा रहेका नचल्ने नोट सटहीका लागि सहज बनाँउन, तराईमा हुने बाढीको समस्या समाधान गर्न, नयाँ चार वटा एयर रुटका लागि अनुमति दिन आग्रह गरेको जानकारी दिए । साथै प्रधानमन्त्री मोदी र ओलीले स्विच दवाएर अरुण तेश्रो जलबिद्युत आयोजनाको संयूक्त रुपमा स्वीच दवाएर शिल्यान्यस गरेका थिए । सो अवसरमा दुबै प्रधामन्त्रीले अंकमाल समेत गरे ।

भ्रमणको दोश्रो दिन : बिहानै मुक्तिनाथमा पूजा

नेपाल भ्रमणको दोश्रो दिन बिहान ६ बजे प्रधानमन्त्री ओली हेलिकोप्टर मार्फत मुस्ताङको मुक्तिनाथ मन्दिरमा पुगे । पर्यटनमन्त्री रवीन्द्र अधिकारी, प्रदेश नंबर ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उनलाई स्वागत गरेका थिए । साथै उनलाई हिन्दु बटुक तथा बुद्धिष्ट झुमाहरुले पनि मन्त्रोचारणसहित स्वागत गरेका थिए । मुक्तिनाथमा उनले झन्डै आधा घण्टा पूजापाठ गरेका थिए । नेताहरुसँग भेटवार्ता  मुक्तिनाथ मन्दिरमा पूजा सकेर काठमाडौं फर्किएका प्रधानमन्त्री मोदीले राजनीतिक भेटघाट गरे । सो क्रममा उनले नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र लगायतविभिन्न दलका नेताहरुसँग भेटवार्ता गरे । उनले माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टै भेटवार्ता गरे । भेटपछि आफूले प्रधानमन्त्री मोदी समक्ष विराटनगरस्थित दूतावासको सम्पर्क कार्यालय हटाउन र सीमामा नेपालीले भोग्ने गरेको समस्या संबोधनका लागि आग्रह गरेको जानकारी दिए । यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत नेपाली कांग्रेसका नेताहरुसँग पनि प्रधानमन्त्री मोदीले छलफल गरे । यस्तै राष्ट्रिय जनता पार्टीका नेताहरुले पनि प्रधानमन्त्री मोदीसँग सामुहिक रुपमा भेटवार्ता गरेका छन् । सो भेटमा उनले सबै नेताहरुलाई एकजुट भएर अघि बढ्न सुझाव दिएका थिए ।

पशुपतिनाथमा विशेष पूजा

आफ्नो नेपाल भ्रमणलाई धार्मिक भ्रमणको संज्ञा समेत दिएका प्रधानमन्त्री मोदीले दिउसो पशुपतिनाथको मन्दिर पुगी बिशेष पूजा गरे । पशुपतिनाथको मन्दिरमा पर्यटनमन्त्री रवीन्द्र अधिकारी पशुपति क्षेत्र विकास कोषका पदाधिकारीले स्वागत गरेका थिए । पशुपतिनाथको मन्दिरमा उनले झन्डै ५० मिनेट पूजा गरेका थिए । पूजापछि उनले पशुपतिनाथको मन्दिरका लागि २५ करोड सहयोग गर्ने बाचा गरे भने आगन्तुक पुस्तिकामा पशुपतिनाथको मन्दिर हिन्दू धर्मावलम्बीको साझा धार्मिक बिरासतको प्रतिक भएको उल्लेख गरे ।

महानगरपालिकामा नागरिक अभिनन्दन : ५५ किलोको बुद्ध मुर्ति उपहार

प्रधानमन्त्री मोदीलाई काठमाडौं महानगरपालिकाले नागरिक अभिनन्दन गरेको छ । स्वेदेश फर्कनु अघि काठमाडौंको राष्ट्रिय सभागृहमा गरिएको विशेष समारोहमा काठमाडौं महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यले उनलाई काठमाडौं महानगरपालिकाको साँचो हस्तान्तरण गरे । साथै उनलाई धातुबाट बनेको ५५ किलोको बुद्धको मुर्ति उपहार समेत दिए । काठमाडौ महागरपालिकाले गरेको सो अभिनन्दन समारोहमा प्रधानमन्त्री मोदीले अर्को पटकको आफ्नो भ्रमणमा बुद्ध जन्मस्थल लुम्बिनी जाने बताए । काठमाडौं महानगरपालिकाको कार्यक्रम सकेर सोझै त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल पुगेका मोदी पौने ५ बजे एयर इन्डियाको विमानबाट स्वदेश प्रस्थान गरे ।

र, बिरोध स्वरुप बेलुनमा कालो झन्डा

यसैबिच, काठमाडौं महानगरपालिकाले राष्ट्रिय सभागृहमा प्रधानमन्त्री मोदीलाई नागरिक अभिनन्दन गरिरहेका बेला नजिकै रहेको बाल्मिकी क्याम्पसबाट बिद्यार्थीले बेलुनमा कालो झन्डा बाँधेर आकासमा उडाएका छन् । मोदी सरकारले २ बर्ष अघि गरेको नाकाबन्दीबारे उनले माफी माग्नुपर्ने भन्दै बिद्यार्थीहरुले कालो झन्डा उडाएका हुन् । उनीहरुले कालो ब्यानरमा मोदीको फोटो सहित नाकाबन्दीको लागि माफी माग लेखर बेलुनको सहयोगमा आकासमा उढाएका थिए । यस्तै मोदीको नेपाल भ्रमणको बिरोध गर्दैै निकालिएको जुलुसमा नेकपा माओवादी क्रान्तिकारीका नेता सिपी गजुरेल लगायतका नेता कार्यकर्ता काठमाडौंबाट पक्राउ परेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार