नेपाल फाइनान्सद्धारा १८ प्रतिशत लाभांश वितरण

  टोपबहादुर याक्खा

१३ मे, हङकङ– हङकङकै इतिहासमा नेपालीहरुद्धारा खोलिएको पहिलो आधिकारिक तथा सफल वित्तिय संस्था नेपाल फाइनान्स लिमिटेडद्धारा छैठौं साधारण सभा सम्पन्न गर्दै सेयर होल्डरहरुलाई लगानीको १८ प्रतिशतका दरले लाभांश वितरण गर्यो ।
नेपाल फाइनान्सका अध्यक्ष धिरज कुमार राईको अध्यक्षतामा सम्पन्न खुल्लासत्र कार्यक्रमका प्रमुख अतिथि नेपाली वाणिज्यदुतावासका महावाणिज्यदुत कमल प्रसाद भटृराई रहेका थिए । त्यस्तै गरी विशेष अतिथिका रुपमा हङकङ नेपाली महासंघकी अध्यक्ष रिता गुरुङ, बगैचा लिमिटेडका अध्यक्ष नरेश सुनुवार लगातय रहेका थिए ।
ड्यासमा आसिन कार्यक्रमका अध्यक्ष तथा अतिथिहरुद्धारा स्याम्पेन फोडेर उद्धघाटन गरिएको कार्यक्रममा फाइनान्सका उपाध्यक्ष हरिचन्द्र राईले श्वागत मन्तब्य राखेका थिए भने कोषाध्यक्ष शशीमदन राईले नेपाल फाइनान्सबारे जानकारी सहितको मन्तब्य राखेका थिए । मन्तब्यकै क्रममा अन्य अतिथिहरुले नेपालीहरु केबल सेक्युरिटी गार्ड र कन्स्ट्रक्सनमा लेबर काम मात्रै गर्दैनन् ब्यापार क्षेत्रमा पनि उत्तिकै अगाडी बढिरहेका छन् भन्ने एउटा गतिलो उदाहरण नेपाल फाइनान्स रहेको भन्दै सम्पूर्ण टिमको प्रशंसा गरेका थिए ।
कार्यक्रममा फाइनान्सका अध्यक्ष धिरज कुमार राई तथा महाप्रबन्धक शशीमदन राईद्धारा जानकारी गराइए अनुसार नेपाल फाइनान्स २००७ बाटै स्थापित भएता पनि २०११ बाट सक्रिय भई अगाडी बढेको र २०१३ बाट आधिकारिक रुपमा लाइसेन्स प्राप्त गर्ने नेपालीहरुको पहिलो वित्तिय संस्था हो । कार्यक्रममा जानकारी गराइए अनुसार हाल सेयर क्यापिटल करिब ११ मिलियन हङकङ डलर र फाइनान्सिरिज २१ मिलियन हङकङ डलर गरी ३२ मिलियन हङकङ डलर फाइनान्सको क्यापिटल रहेको छ । फाइनान्सले हाल ३१ मिलियन हङकङ डलर बढी ऋण प्रवाह गरेको ।
आकर्षक व्याजदरमा वचत तथा सहुलियत तवरले विभिन्न ऋणहरु प्रवाह गर्दै आएको फाइनान्सले २०१७/२०१८ मा करिब २८ लाख मुनाफा आर्जन गर्दै सम्पूर्ण खर्च कटाएर सेयर होल्डरहरुलाई लगानीको १८ प्रतिशत लाभांश वितरण गरिएको फाइनान्सका अध्यक्ष धिरज कुमार राईले बताए ।
आर्थिक कारोबारको सफलतासंगै हङकङमा रेष्टुरेण्ट क्षेत्रमा समेत लगानी शुरु गरेको फाइनान्सले नेपालमा समेत लगानी गर्ने सोचका साथ अगाडी बढिरहेको राईले बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार