सन्दिपले आज धोनीविरुद्ध बलिङ गर्ने……..

०४ जेठ २०७५,   काठमाडौं– इण्डियन प्रिमियर लिग (आइपीएल) मा आज हुने एकमात्र खेलमा दिल्ली डेयरडेभिल्सले नेपाली क्रिकेटर सन्दिप लामिछानेलाई पनि खेलाउने भएको छ । मे १२ मा विराट कोहलीको रोयल च्यालेन्जर बेंग्लोर विरुद्ध डेब्यू बलिङ गरेर चर्चा बटुलेका सन्दिपले आज महेन्द्र सिंह धोनीको चेन्नइ सुपरकिंग्स विरुद्ध पनि आफ्नो बलिङ कला देखाउने अवसर पाएका छन् । आजको खेलमा सन्दीपले धोनीसँगै शेन वाट्सन र सुरेश रैनाजस्ता खेलाडीसामु बलिङ कला देखाउनेछन् । दिल्लीले आज सन्दिपलाई ओपनिङ बलिङमा पठाउने रणनीति अपनाएको छ । दिल्लाीको घरेलु मैदान फिरोज शाह कोट्ला मैदानमा नेपाली समय अनुसार साँझ ८ः१५ मा खेल सुरु हुनेछ । सन्दिप आज ब्याटिङ क्रमको नवौं नम्बरमा छन् । दिल्ली डेयरडेभिल्सले अघिल्लो खेलमा सन्दिपसँगै मैदानमा उतारेको जुनियर डालाको भने निश्चित छैन । डाला र लिआम प्लङकेट मध्ये एक जना मैदानमा उत्रनेछन् । १२ खेल खेलेको चेन्नईले ८ मा जित र ४ मा हार व्यहोर्दै १६ अंक बनाएको छ भने समान १२ खेलनै खेलेको दिल्लीले भने ३ मा जित र ९ खेलमा हार व्यहोरेको छ। ६ अंक जोडेको दिल्ली प्रतियोगिताबाट बाहिरिसकेको छ। चेन्नई आजको खेल जित्दै शीर्ष २ मा रहदै अघिल्लो चरणमा प्रवेश गर्ने दाउमा रहनेछ भने दिल्ली यो खेल जित्दै जित संख्या बढाउने सुरमा रहनेछ। सन्दीपले बेंग्लोरसँगको खेलमा पूरै ४ ओभर बलिङ गर्दै २५ रन खर्चेर १ विकेट झारेका थिए। सो खेलमा विश्वका चर्चित ब्याट्सम्यान बिराट कोहली र एबी डी भिलिसर्य सन्दीपको बलमा खुलेर खेल्न सकेका थिएनन्।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार