असुरक्षित ग्यास सिलिन्डर………

जेठ ५, २०७५  काठमाडौं – अधिकांश ग्यास कम्पनीले असुरक्षित सिलिन्डरमा ग्यास भरेर बजारमा पठाउने गरेका छन् ।  भल्ब मर्मत गरिएका असुरक्षित सिलिन्डरमा ग्यास भरेर बजार पठाउने गरेको पाइएको नेपाल गुणस्तर तथा नापतौल विभागले जनाएको छ । विभागले यसै आर्थिक वर्षमा गरेको अनुगमनका आधारमा यस्तो तथ्य पत्ता लागेको बताएको हो । अहिले बजार तथा भान्सामा करिब ७० लाख सिलिन्डर भएको विभागको अनुमान छ । विभागका अनुसार भल्ब मर्मत गरेर सिलिन्डरमा ग्यास भर्नु गैरकानुनी हो । यस्ता सिलिन्डर जोखिमपूर्ण हुन्छ । अधिकांश बोटलिङ प्लान्टले सिलिन्डरमा सेफ्टी क्याप पनि प्रयोग नगरेको पाइएको विभागले जनायो । ग्यास लिक भइहाले आगलागी रोक्न सेफ्टी क्याप चाहिन्छ,’ विभागका सहप्रवक्ता देवेन्द्र केसीले भने ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार