टेम्के तुवाचुङ प्रतिष्ठानको सहयोगार्थ हङकङमा “यारी” प्रदर्शन हुदैं

  टोपबहादुर याक्खा

२० मे, हङकङ– तेम्के तुवाचुङ प्रतिष्ठानको सहयोगार्थ किरात राईहरुको मिथकमा आधारित नेपाली चलचित्र “यारी” हङकङमा प्रदर्शन हुने भएको छ ।
आयोजक संस्थाले याउ मा तेई स्थित हिन्सको कार्यालयमा पत्रकार सम्मेलन मार्फत दिएको जानकारी अनुसार २४ जुन २०१८, आइतबार साँझ याउ मा तेई कम्युनिटी हलमा “यारी” प्रदर्शन हुनेछ ।
बीरबहादुर (युवराज) राईको कथा र निर्देशनका साथै छाँयाङ्कन समेत रहेको उक्त चलचित्रमा ज्योती राई, प्रविण राई, श्याम राई, कल्याण राई लगायतका कलाकारहरुको सशक्त अभिनय रहेको छ ।

फोटो–मज्जाको फोटोग्राफी

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार