भाग्यमानी लालजोडी………

जेठ ०९, २०७५   काठमाडौँ । एकीकृत पार्टी नेकपाको ६ आमन्त्रितसहित ४४७ जनाको केन्द्रीय सदस्यको नाम सार्वजनिक भए लगत्तै सोसल मिडियामा दुई थरी बहस भएको छ । पहिलो बहस छ–बधाई दिने र लिनेको । दोस्रो बहस छ–यो वा त्यो छुटे भनेर । यहीँ बहसकाबीच नेकपाको केन्द्रीय कमिटीमा चाहिँ केही परिवारमा ‘बम्पर’ उपहार परेको छ । परिवारैबाट धेरै सदस्य परेका त छन् नै १७ ‘लालजोडी’ पनि एकीकृत पार्टीको केन्द्रीय सदस्य भएका छन् । नेकपाले जारी गर्यो ४४७ जना केन्द्रीय सदस्यको नाम (नामावलीसहित) तत्कालिन एमालेबाट ४ ‘लालजोडी’ पर्दा माओवादी केन्द्रबाट चाहिँ १३ ‘लालजोडी’ को नाम केन्द्रीय कमिटीमा परेको छ ।

एमालेका चार ‘लालजोडी’

१.कृष्णगोपाल श्रेष्ठ– बीना श्रेष्ठ

२.शंकर पोखरेल– सुजिता शाक्य

३.रघुवीर महासेठ–जुली महतो

४.अमृतकुमार बोहोरा–अष्टलक्ष्मी शाक्य

कृष्णगोपाल श्रेष्ठ पूर्व एमालेका कार्यलय सचिव र काठमाठौ क्षेत्र नं ७ बाट संघीय सांसद सदस्य हुन् । उनकी श्रीमति विना श्रेष्ठ पनि संघीय संसदको समानुपातिक सांसद हुन् । यी दुबै श्रीमान श्रीमति नेकपाको केन्द्रीय सदस्यमा पर्ने भाग्यमानी लालजोडी हुन् । नेकपाको नेतृत्व रहेको ६ प्रदेशका मुख्यमन्त्री बने केन्द्रीय सदस्य त्यस्तै अर्का लालजोडी हुन्, शंकर पोख्रेल । पूर्व एमाले स्थायी समिति सदस्य तथा ५ नं प्रदेशका मुख्य मन्त्री हुन् पोखरेल । उनकी श्रीमति सुजिता शाक्य संघीय सांसद सदस्य छन् । यो जोडी पनि नेकपाको केन्द्रीय सदस्यमा पर्ने भाग्यमानी जोडीमै परेको छ । रघुवीर महासेठ भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री हुन् । उनकी श्रीमति जुली महतो पनि संघीय सांसद छन् । यो जोडी पनि नेकपाको केन्द्रीय सदस्यमा परेको छ । यस्तै अमृतकुमार बोहोरा र अष्टलक्ष्मी शाक्य पनि नेकपाको केन्द्रीय सदस्यमा पर्ने भाग्यमानी जोडीमा परेका छन् ।

तत्कालिन माआवादीका १३ ‘लालजोडी’

१.वर्षमान पुन–ओनसरी घर्ती

२.शक्ति बस्नेत– सत्या पहाडी

३.देव गुरुङ–यशोदा शर्मा

४.कृष्णध्वज खड्का–रेखा शर्मा

५.देवेन्द्र पौडेल–वलावती शर्मा

६.विश्वनाथ साह–सीता पोखरेल

७.गणेशमान पुन– कमला रोका

८.हितमान शाक्य–अमृता थापामगर

९.कुलवहादुर केसी– तारा घर्ती

१०.लिलामणी पोखरेल–शशी श्रेष्ठ

११.सुर्यकुमार सुवेदी–ज्ञानु बस्नेत

१२.डीआर पौडेल–गंगा बेल्वासे

१३–दावा लामा–कुमारी मोक्ताङ

तत्कालीन माओवादीबाट १३ ‘लालजोडी’ केन्द्रीय कमिटीमा परेका छन् । जसमा हाल उर्जामन्त्री रहेका वर्षमान पुन र उनकी श्रीमती ओनसरी घर्ती नेकपाको केन्द्रीय सदस्यमा अटाएका छन् । पूर्वसभामुख घर्ती हाल संघीय सांसद छन् । त्यस्तै हाल वन मन्त्री रहेका शक्तिबहादुर बस्नेत र उनको श्रीमती सत्या पहाडी केन्द्रीय कमिटीमा छन् । पहाडी पनि हाल सांसद छिन् । त्यस्तै तत्कालिन माओवादीबाटै नेता देव गुरुङ र श्रीमती यशोदा शर्मा पनि केन्द्रीय कमिटीमा अटेका छन् । यो जोडी सांसद सदस्य पनि हुन् । त्यस्तै कृष्णधोज खड्का र उनको श्रीमती रेखा शर्मा पनि रहेका छन् । तत्कालीन माओवादीका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल र उनको श्रीमती बलावती शर्मा नेकपाको केन्द्रीय कमिटीमा पर्न सफल भएका छन् । पौडेल बाग्लुङ–२ बाट संघीय संसदका सदस्य छन् । त्यस्तै तत्कालीन माओवादी प्रदेश नंम्बर २ का ईन्र्चाज विश्वनाथ साह र उनको श्रीमती सीता पोख्रेल नेकपाको केन्द्रीय कमिटीमा परेकी छिन् । त्यस्तै पूर्वमन्त्री गणेशमान पुन र उनकी श्रीमति कमला रोका पनि केन्द्रीय सदस्य भएका छन् । हितमान शाक्य र अमृता थापामगर पनि नेकपाको केन्द्रीय सदस्य हुने ‘लालजोडी’मा परेका छन् । कुलवहादुर केसी र तारा घर्ती, लिलामणी पोखरेल र शशी श्रेष्ठ, सुर्यकुमार सुवेदी र ज्ञानु बस्नेत, डीआर पौडेल र गंगा बेल्वासे तथा दावा लामा र कुमारी मोक्ताङ पनि केन्द्रीय सदस्य हुने ‘लालजोडी’ हुन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार