मिस नेपाल चेपाङ बस्तीमा………

जेठ १०, २०७५   हेटौंडा – मिस नेपाल वर्ल्ड शृङखला खतिवडाले मकवानपुरको विकट चेपाङवस्तीमा स्वास्थ्य संस्था स्थापना गरिने बताएकी छन् । यही सिलसिलामा उनी मंगलबार कैलाश गाउँपालिका ७ भार्ता पुगिन् । उनले केही चेपाङ परिवारका घरमै पुगेर भलाकुसारी गरिन् ।  ३२ बर्षीया एक चेपाङ महिलाका ९ छोराछोरी रहेको सुन्दा उनले अचम्म मानिन् । मिस नेपाललाई भेट्न आएका अिधिकांश चेपाङ युवतीको विवाह भइसकेको थियो । गाउँमा स्वास्थ्य संस्था नहुँदा त्यहाँका अधिकांश महिलाहरु असुरक्षित ढंगले घरमै सुत्केरी हुने गरेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार