राजपा फकाउँदै सरकार………

१० जेठ २०७५,   काठमडौं – संघीय समाजवादी फोरम नेपालसँग सम्बन्ध चिसिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेस केन्द्रित अर्को दल राष्ट्रिय जनता पार्टी नेपाललाई सरकारमा ल्याउने तयारी गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनपकुर भ्रमणका क्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बोलेको अभिव्यक्तिपछि प्रधानमन्त्री र संघीय फोरमबीच सम्बन्ध चिसिएको छ। प्रधानमन्त्रीले मंगलबार साँझ राजपा अध्यक्ष मण्डलका सदस्यहरूसँग संयुक्त छलफल गरेका थिए । सो छलफलमा प्रधानमन्त्रीले राजपाका नेताहरूलाई सरकारमै आएर सरकारलाई सहयोग गर्न आग्रह गरेका थिए । स्रोतका अनुसार प्रधानमन्त्रीले भनेका थिए, ‘तपार्इं हामी सँगसँगै काम गर्ने वातावरण बनाऔं । सरकारमा आउनुहोस् ।’ जवाफमा राजपा नेताहरूले संविधान संशोधन गर्ने वातावरण बनाए आफूहरू सरकारमा आउने जनाएका थिए । स्रोतका अनुसार राजपाका नेताहरूले भनेका थिए, ‘हात्ती छिर्यो । पुच्छर अड्कियो जस्तो भएको छ । यही संविधान मानेर हामी चुनावमा गयाँै । प्रदेश दुईमा सरकार बनायौँ । केन्द्रमा सरकरलाई सहयोग ग¥यौँ । अब पनि संविधान संशोधन गर्न किन अड्काउने ?  बैठकमा सहभागी राजप अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारीले प्रधानमन्त्रीसँगको भेटमा प्रधानमन्त्रीले आफूहरूलाई सरकारमा आउन आग्रह गरेको बताए । उनले भने, ‘प्रधानमन्त्रीज्यूले हामीलाई सरकार आउनुहोस् भन्नुभयो ।  हामीले संविधान संशोधन गर्ने वातावरण बनाए सरकारमा आउँछाै भन्याै । ’ संविधान संशोधन गर्ने राजपाको प्रस्तावलाई प्रधानमन्त्रीले सकारात्मक रूपमा लिएको पनि उनले बताए । यसैगरी राजपा अध्यक्ष मण्डलका अर्का सदस्य राजेन्द्र महतोले पनि संविधान संशोधन गर्ने राजपाको प्रस्तावलाई प्रधानमन्त्रीले सकारात्मक रूपमा लिएको बताए । उनले भने, ‘हामीले राखेको प्रस्तावलाई प्रधानमन्त्रीले सकरात्मक रूपमा लिनु भएको छ ।’ प्रधानमन्त्रीसँगको भेटमा राजपाका नेताहरूले सरकारले संविधान संशोधन गर्ने प्रतिबद्धता जनाएमा विश्वासको वातावरण निर्माण हुने बताएका थिए ।राजपाका नेताहरूले प्रधानमन्त्रीसँग राष्ट्रिय पुनर्निमाण प्राधिकरणको मातहतमा राखिएको बाढी पुनर्निमाण तथा पुनस्र्थापना आयोजनालाई पुनर्निमाण प्राधिकरण सरह बाढी पुनर्निमाण तथा पुनस्र्थापना प्राधिरकणको स्थापना गर्न माग राखेका थिए ।  राजपाले राखेको सो मागमा प्रधानमन्त्रीले सकारात्मक प्रतिक्रिया दिएका राजपाका नेताहरूले जनाएका छन् । राजपाका नेताहरूले प्रधानमन्त्रीसँग बाढी पुनर्निमाण तथा पुनस्र्थापना केन्द्रलाई सक्रिया बनाई तराइ मधेसमा बाढी पीडिताई क्षेतीपुर्ती दिन र पुनर्निमणको काम तत्काल अघि बढाउन आग्रह गरेका थिए । भण्डारीले भने, ‘बाढी पुनर्निमाण तथा पुनस्र्थापना आयोजनलाई सक्रिय बनाइ तत्काल तराई मधेसमा बाढीपीडितलाई क्षतिपूर्ति दिन र पुनर्निमणको काम अघि बढाउन प्रधानमन्त्रीसँग माग राखेका छौँ । यसमा प्रधानमन्त्रीले काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।  प्रधानमन्त्रीसँगको भेटमा राजपाका नेताहरूले रेशम चौधरीलाई सपथग्रहण गर्ने वातावरण बनाउन आग्रह गरेका थिए । यसैगरी जन्मसिद्ध र अंगीकृत नागरिकका छोराछोरीलाई नागरिकता दिन सरकारले आलटाल गरिरहेको भन्दै जन्मसिद्ध र अंगिकृत नागरिकका छोराछोरीलाई नागरिकता दिन उनीहरूले माग राखेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार