संसदमा प्रधानमन्त्रीको जवाफ……….

जेठ १३, २०७५   काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपाललाई गरीब रहन नदिने भन्दै ‘चारा’कै लागि भौतारिनु पर्ने अवस्था आउन नदिने बताएका छन् । संघीय संसदमा सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका सवालको जवाफ दिँदै प्रधानमन्त्री ओलीले कतिपयले नीति तथा कार्यक्रम महत्वाकांक्षी भनेकोपनि त्यो आफूलाई स्वीकार्य भएको बताए । उनले भने, ‘तर यो असम्भव महत्वाकांक्षा होइन, अर्को वर्ष सुनको घर बनाउँछु भनेको छैन । नेपाल पहिलो विश्वमा नपुग्ने अभिशब्द हो? भन्दै उनले देशलाई विकासको बाटोतर्फ आजैदेखि लगे पहिलो विश्वमा पुग्न सम्भव भएको बताए । केही वर्षभित्र बिरामी हुँदा उपचार गर्न सकिन भन्ने नेपाली नहोस् । आफूले पाएको अधिकारसम्म पुग्ने बाटो पाइन भन्ने नेपाली नहोस् । हामीले यी काम गर्नकै लागि आकांक्षाहीन नीति नल्याएका हौं’ उनले भने । प्रम ओलीले आयातमुखी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्र र त्यसलाई निर्यात प्रवद्र्धन गर्ने योजना सहित नीति तथा कार्यक्रम आएको पनि बताए । उनले अगाडि भने, ‘रुग्ण उद्योग चलाउन सकिन्छ भने काम अघि बढाउने र नयाँ उद्योगको व्यापक स्थापना गर्ने भनेका छौ । व्यापारको घाटाको अन्त्य गर्ने भनेका छौ । हरेक ठाउँले अगाडी पाइला सार्छ । नीति तथा कार्यक्रमलाई लिएर मन दुखाउनुपर्ने कराण छैन । मेरो घरमा सोलार बाल्छु भनेको होइन, देशभर लोडसेडिङ अन्त्य गर्छु भनेको छु । विकास गर्छु भनेको छु ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार