सेटिङको नाइके श्याम खत्री………

जेठ १३, २०७५   काठमाडौँ । चुडामणि उप्रेती ‘गोरे’ ले जिल्ला अदालत मोरङमा दिएको बायनमा प्रहरी सेटिङको मुख्य नाइके श्याम खत्री भएको खुलासा गरेका छन् । ३७ पन्ने लामो बयानमा गोरेले खत्रीले ड्राइभर र अंगरक्षकको प्रयोग गरेर आफूले चढ्ने सरकारी गाडीमा सुन ओसार्ने गरेको बताएका हुन् । गोरेका अनुसार सुनबाहिर निकाले बापत ५० हजार आफै बुझ्ने गर्थे । यो लाइनबाट ४ सय देखि ५ सय किलोसम्म सुन आएको उनको दाबी छ । यसबाहेक अन्य प्रहरीले सुन ओसारेको आफूलाई थाहा नभएको पनि बताएका छन् । विकास राज खनाल, गोविन्द निरौला र सञ्जय बहादुर राउतले सुन बाहिर ल्याउने काम गरेनन् । सुन तस्करीमा सहयोग गरेनन्, गोरेको भनाई छ । उनले आफू कुनै नाइके नभएको बरु आफूभन्दा ठूलो मृत्तक सनम शाक्य रहेको दाबी गरेका छन् । उनको भनाई अनुसार आफू छिरिङ वालिङ घलेको लाइनमा बसेर भारतीय ब्यापारीको काम गर्ने सामान्य मानिस मात्र हुन् । छिरिङले नै माथिसम्म मिलाउँथ्यो, उनले भनेका छन्, ‘एयरपोर्टबाहिरको डिआइजीबाट श्याम खत्रीसँग लाइन मिलाएका थिए । गोविन्द निरौलालाई मैले लाइन मिलाइदिनुपर्दा गाली गरे । धन्दा छाड्न भने ।  उनले एयरपोर्टबाट आएको सुन छिरिङका मानिसले बुझेर लाने पनि बयानमा उल्लेख गरेका छन् । उनले विमानस्थलका कर्मचारी सानु बनले सुन बाहिर ल्याएबापत प्रतिकेजी ३५ हजारसम्म पाउँथ्यो । उनले नै एयरपोर्टको सेटिङ मिलाउँथ्यो । गोरेका अनुसार थाई एयर र फ्लाई दुबईबाट दुबईबाट सुन आउँथ्यो । सुन दुबईबाट आउने थाहा भए पनि कसले पठाउने आफूलाई थाहा नभएको बताएका छन् ।

 

aama-book

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार