भारतिय गोर्खा भुतपुर्व सैनिक संघ हङकङको नेतृत्वमा मन प्रसाद गुरुङ

नवनियुक्त पदाधिकारीहरु

भारतिय गोर्खा भुतपुर्व सैनिक संघ हङकङको चौथो अधिवेसनले मन प्रसाद गुरुङको नेतृत्वमा नया कार्यसमितिको चयन गरेको छ। गत आईतवार यौमातेई स्थित हङकङ एकीकृत नेपाली समाज (हिन्स) को कार्यलयमा सम्पन्न अधिवेसनले गुरुङको अध्यक्षतामा नया कार्यसमिति निर्बिरोध चयन गरेको हो।

दुई उपाध्यक्षसहित नवनियुक्त कार्यसमितिको प्रथम बैठकले ३ जना सदस्यहरु नियुक्त गर्ने गरि कुल २१ सदस्यीय कार्य समितिको चयन गरिएको हो। उपाध्यक्षहरुमा कालजित गुरूङ (बरिष्ठ)र दुर्योधन लिम्बु चयन भएका छन्।

त्यसैगरी सचिव, सह- सचिव, कोषाध्यक्ष र सह कोषाध्यक्ष हरुमा क्रमशः चन्द्र बहादुर पुन, केशब तुम्बाहम्फे, कृष्ण प्रसाद गुरूङ र खर्क लिम्बु रहेका छन। सदस्यहरुमा जुनराज आले, सदस्य खम्बा सिंह गुरूङ,भिम राज थापा,प्रितम कुमार गुरूङ,देबिन्द्र राना,अर्जुन सारू, गौतम राई, कुस बहादुर थापा, टेक बहादुर थापा रहेका छन।

नवनियुक्त कार्यसमितिले हङकङलाई कर्म थलों बनाई हङकङ भरि छरिएर बसेको सम्पुर्ण भारतिय गोर्खा भूपू सैनिकहरूलाई एकतृत गर्दै उनिहरु माथी आईपर्ने समस्या र कठिनाईहरुमा सकेको अार्थिक ,नैतिक र भाैतिक सहयोग गर्नुको साथै देश वा विदेशमा समेत मानविय तथा परोपकारी सहयोग जारी राख्ने बताएको छ।
नेतृत्वमा आउनु भो, ठोस योजना केही छ? भनी  सोधेको प्रश्नको उत्तर दिदै नवनियुक्त अध्यक्ष गुरुङ ले भने ” विशेष गरि भारतिय भुपु हरुले पाउने पेन्सन तीन बर्ष भित्र लिन नसकेको खन्डमा उचित सिफारिस बनाउन नसके झन्जटिलो बनाईदिन्छ। हामी भुपुहरु कतिपय कारणले तीन बर्ष भित्र जान सक्दैनौ, साथै नेपालमा त्यस्ता कागजात बनाउदा महिनौ लाग्ने हुदा यो समस्याले पिडित छौ, तसर्थ मेरो कार्यकालमा हङकङकै भारतिय दूतावास मार्फत यस्ता सेवा सुबिधाहरु सहज बाताबरण बनाईदिनको निम्ति माग राख्नेछौ”। उनले थपे” सबै जात, क्षेत्र, आस्था का भुपुहरुलाई एकै परिवार जस्तो सौहार्दपुर्ण बाताबरण यो सस्थाले गरिरहेको छ।”

गुरुङका अनुसार हङकङमा ३०० भन्दा बढी भारतिय भुपु गोर्खा तथा हजार भन्दा भढी परिवारहरु बस्दै आएका छन।

सन २०१० मा स्थापित भारतिय गोर्खा भुतपुर्व सैनिक संघ हङकङ सामाजिक तथा परोपकारी कार्यमा समेत निकै अग्र पङ्तीमा मानिन्छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार