हङकङमा मनाइयो २५६२ औं बुद्ध जयन्ती

  टोपबहादुर याक्खा

२७ मे, हङकङ– विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै हङकङमा २५६२ औं बुद्ध जयन्ती मनाइयो ।
याउ तेई कम्यूनिटी हलमा आयोजित उक्त कार्यक्रमका लागि नेपालबाट सूर्योदय बुद्ध बिहारका प्रमुख एवं नेपाल धरानमा निर्माणाधिन थाउजेण्ड बिग बुद्धका अभियन्ता भन्ते नारायण बहादुर आले तथा “बुद्ध वाज वर्न इन नेपाल” का अभियन्ता एवं चर्चित पप गायक धिरज राई आएका थिए ।
थाउजेण्ड बिग बुद्ध निर्माण समितिका अध्यक्ष प्रदिप थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमलाई नेपालबाट आएका सूर्योदय बुद्ध बिहारका प्रमुख एवं नेपाल धरानमा निर्माणाधिन थाउजेण्ड बिग बुद्धका अभियन्ता भन्ते नारायण बहादुर आले तथा “बुद्ध वाज वर्न इन नेपाल” का अभियन्ता एवं पप गायक धिरज राई, हङकङ नेपाली महासंघकी अध्यक्ष रिता गुरुङ, एन.आर.एन.ए. हङकङका अध्यक्ष टिका गुरुङ, आदिवासी जनजाती महासंघका अध्यक्षक किसन राई, चेम्बर्स अफ कमर्सका अध्यक्ष डासुराम पराजुली  लगायत विभिन्न जातिय, धार्मिक तथा क्षेत्रिय संघ संस्थाका अध्यक्षहरुद्धारा बेलुन फुटाएर कार्यक्रमको उद्धघाटन गरिएको थियो ।
आफ्ना चर्चित गीत संगीतहरुको प्रस्तुती संगै कसरी आफु “बुद्ध वाज वर्न इन नेपाल” अभियानमा लागि परे भन्ने गायक धिरज राईको रोचक भनाईहरु संगै शुरु भएको कार्यक्रममा सूर्योदय बुद्ध बिहारका प्रमुख एवं थाउजेण्ड बिग बुद्धका अभियन्ता भन्ते नारायण बहादुर आलेले बुद्ध र बुद्धत्व बारे प्रवचन दिनुका साथै नेपाल धरान उप–महानगरपालिका ४, छोटी मोरङ, सुनसरीमा करिब १ अरब २५ करोडको लागतमा निर्माणाधिन थाउजेण्ड बिग बुद्धको प्रगती विवरण पेश गरेका थिए । थाउजेण्ड बिग बुद्ध निर्माणका लागि नेपाल सरकार र देश विदेशका नेपालीहरुका साथै थाइल्याण्ड, श्रीलंका लगायतका देशबाट समेत ठूलो आर्थिक तथा टेक्निकल सहयोग आउने हुंदा यो योजना तोकिएकै समयमा निर्माण सम्पन्न हुनेमा आफु विश्वस्त रहेको जनाउँदै हङकङबासी सबैलाई निर्माण अभियानमा सहयोग गर्न अपिल गरेका थिए ।
कार्यक्रम सहयोगी विभिन्न धराने संघ संस्थाहरुलाई सम्मान गरिएको उक्त कार्यक्रममा हाल विश्वव्यापी रुपमा “बुद्ध वाज वर्न इन नेपाल” को अभियान लिएर अगाडी बढिरहेका चर्चित पप गायक धिरज राईलाई निर्माणाधिन थाउजेण्ड बिग बुद्धको एम्बास्डरको रुपमा घोषणा गर्दै सम्मान सहित प्रमाण–पत्र हस्तान्तरण गरिएको थियो ।
कवि सुनिता गिरीद्धारा बुद्ध सम्बन्धी कविता समेत वाचन गरिएको उक्त कार्यक्रममा स–साना भाइबहिनीहरुले सुन्दर नृत्य प्रस्तुत गरेर कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार