लिम्बु गीत पनुनुमा तरेमेनको हङकङबाट वर्ल्ड प्रिमियर (भिडियो सहित)

३ जुन, हङकङ– सिङ्गापुर प्रहरीमा कार्यरत स्रष्टाद्वय गीतकार तथा संगीतकार हाङ्पाल आङ्बुहाङको शब्द र गायक तथा संगीतकार सेमिहाङ सिङगकको संगीतमा चर्चित गायक ब्रबिम शेर्मा र गायिका सुनिता थेगिमको स्वरमा सजिएको लिम्बु गीत पनुनुमा तरेमेन…को म्युजिक भिडियो युट्युब मार्फत हङकङबाट वर्ल्ड प्रिमियर गरियो ।
जोर्डन स्थित चुम्लुङ हिममा उपस्थित हङकङबासी पत्रकार, गीत संगितकार, साहित्यकार एवं समाजसेवीहरु माझ किरात याक्थुङ चुम्लुङ हङकङकी अध्यक्ष अशली वनेमद्धारा उक्त गीतलाई सार्वजनिक गरिएको थियो ।
चर्चित भिडियो निर्देशक युगल पोमोको निर्देशनमा निर्मित उक्त भिडियो हङकङका विभिन्न रमणिय स्थलहरुमा छाँयाङकन गरिएको छ । कलाकारद्धय मौसम ईम्बुङ लिम्बु र रेश्मा सम्बाहाङ्फेको मुख्य भुमिका संगै हङकङका दर्जन बढि कलाकारहरुले समेत सहायक भुमिकामा अभिनय गरेको ८ मिनट लामो उक्त भिडियोलाई ज्याप स्टुडियो हङकङका बिक्रम गुरुङले छाँयाङकन गरेका हुन् ।
विकास धमलाको सम्पादन रहेको उक्त भिडियोको सुटिङ ब्यावस्थापन कलाकार हेमराज अन्छङ्बोले गरेका हुन भने भिडियोलाई सुनिता लावतीले निर्माण गरेकी हुन् ।
सिङ्गापुरे फेन्सी सप जोर्डनकी नाम्लिङ ओख्राबोको ड्रेस डिजाईन तथा नेपाल ज्वेलर्स जोर्डन, नमस्ते ज्वेलर्स हङकङ, झर्ना पंधाक, नैना वनेम र असारमी ओख्राबोले उक्त भिडियोका लागि विभिन्न लिम्बु गरगहना डिजाइन गरेका हुन् ।
समग्रमा सिङ्गापुर, हङकङ र नेपालको त्रिकोणात्मक काम (पनुनुमा तरेमेन) अब्बल भिडियो बनेको कुरा उक्त कार्यक्रममा उपस्थित पत्रकार, कलाकार तथा दर्शक स्रोताहरुको प्रतिक्रिया रहेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार