डा. उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्था निकै गम्भिर………

२६ जेठ २०७५,  काठमाडौं । बाँसबारी स्थित न्युरो अस्पतालमा उपचाररत वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्था एकदमै गम्भिर रहेकोरहेको चिकित्सकहरुले बताएका छन् ।  पाँच दिनदेखि कृतिम स्वासप्रस्वास (भेन्टिलेटर)मा राखिएका देवकोटाको स्वास्थ्य सुधारको सम्भावना घट्दै गएको उपचारमा संलग्न चिकित्सकहरुको भनाई छ। डा. देवकाेटाकाे स्वास्थ्य अवस्थालार्इ थप गम्भिर हुनबाट राेक्न हरसम्भव सबैखाले उपचार भइरहेकाे पनि चिकित्सकहरूले बताएका छन्। डा. देवकोटाको परिवारका एक सदस्यले मध्यरातमा देवकोटाको स्वास्थ्यलाई लियर विभिन्न अपवाह फैलिएको र त्यो निराधार भएको बताए। छ महिनासम्म बेलायतमा उपचार गरेर स्वास्थ्यमा सुधार नभएपछि देपकाेटा वैशाखकाे दाेस्राे साता नेपाल फर्किएका थिए। त्यस यता उनले अाफ्नै अस्पताल बासवारी न्युराे अस्पतालमा उपचार गराइरहेका छन्। नेपालमा न्युराे सर्जरी विधामा हाल कृयाशिल अधिकांश चिकित्सक देवकाेटाबाट प्रशिक्षित भएका हुन्। नेपालमै प्रमुख र चर्चित वीर अस्पतालकाे न्युराे सर्जरी विभाग समेत देवकाेटाले स्थापना गरेका हुन्।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार