ट्रम्प- किम वार्ता सम्पन्न……….

 जेठ २९, २०७५, एजेन्सी

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोंग उनबीच सिंगापुरमा ऐतिहासिक भेटवार्ता सम्पन्न भएको छ । दुबैले एक अर्कासँग हात मिलाएर भेटवार्ता सुरु गरेका थिए । भेटवार्तामा जनुअघि होटलको लाइब्रेरीमा दुबै नेताले छोटो पत्रकार सम्मेलन राखे । उक्त बैठक लगभग ५० मिनेटसम्म चलेको थियो । अहिले किम र ट्रम्प आफूसँगै आएका वरिष्ठ सल्लाहकार र सहयोगीसँग बैठक गरिरहेका छन् । एनपीआर न्यूजका लागि ह्वाइट हाउस संवाददाताले ट्रम्पलाई बैठक कस्तो चलिरहेको छ भनी प्रश्न सोध्दा ‘अत्यधिक अत्यधिक सफल । उत्कृष्ट सम्बन्ध’ भनी जवाफ दिएको बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार