भाडा बढाएको विरोधमा आन्दोलन……….

२९ जेठ २०७५,    हुम्ला – नेपालगञ्ज, सुर्खेतबाट सिमीकोटको लागी उडान भर्ने विभिन्न विमान कम्पनीहरुले भाडा बढाएको विरोधमा हुम्लामा नागरिक समाज कर्मीहरूले आन्दोलनको घोषणा गरको छन्। गत जेठ १० गतेबाट समायोजनका नाममा भाडा बृद्धि गरेकोभन्दै शान्तीपूर्ण रूपमा चरणबद्ध बिरोध गरी रहेकका उनीहरुले आजबाट आन्दोलन घोषणा गरेका हुन्। सिमकोटबाट नेपालगञ्जसम्मको भाडादर ५ हजार २९० बाट ७ हजार १९० रुपैयाँ कायम गरिएपछि विरोध जनाइएको उधोग बाणीज्य संघ हुम्लाका अध्यक्ष नामज्ञ्याल तामाङले बताए। पहिलो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत् जेठ २९ गते जिल्लाका सबै स्थानीय तहका कार्यालयहरुमा धर्ना दिने, जेठ ३० गते जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने, जेठ ३१ गते सिमकोट बजार बन्द गरीने, असार १ गते नागरिक उड्डयन कार्यालय, सिमकोटको गेटमा धर्ना दिने र असार २ गते नागरिक उड्डयन कार्यालय, सिमकोट बन्द गर्ने लगाएतका कार्य कार्यत्रलमहरु घोषणा गरिएका छन्। पटक–पटक पुरानै भाडा कायम गर्न माग गर्दै जिल्ला प्रसासन कार्यलय मार्फत नेपाल सरकार संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई ज्ञापन पत्र बुझाइएको भएपनि आफुहरुका माग सुनुवाई नहुदा आन्दोलन गर्न बध्य भएको नेपाल पत्रकार माहासंघ हुम्लाका उपाध्यक्ष मिमसिह नेपालीले बताए। पहिलो चरणको आन्दोलनबाट माग सम्बोधन नभए दोस्रो चरणमा आन्दोलनलाई झनै सशक्त पारिने नागरीक समाजका अध्यक्ष गणेश महतले बताए।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार