प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम सिफारिस

  बगैचा सम्वाददाता

काठमाडौं
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा कायमुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको नाम सिफारिस भएको छ । आज मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज बसेको संवैधानिक परिषदको बैठकले तीन महिनादेखि रिक्त रहेको सो पदमा जोशीलाई सिफारिस गरेको हो । गत चैत ७ गते न्याय परिषदले पठाएका नामावलीमध्ये वरिष्ठतम जोशीको कार्यसम्पादन उत्कृष्ट भएकाले उनको नाम सिफारिस गर्ने निर्णय गरेको कानून न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले जानकारी दिएका छन् । २०४८ साल कात्तिक १८ गते न्याय सेवामा प्रवेश गरेका जोशीको लामो अनुभव, उच्च नैतिक, इमान्दारी चरित्र, र कार्यदक्षतालाई दृष्टिगत गरी संविधानको धारा १२९ को २ बमोजिम उहाँको नाम सिफारिस गरिएको मन्त्री तामाङले बताए । यस्तै संविधानको धारा २ सय ९२ बमोजिम संसदीय सुनुवाईका लागि जोशीको नाम संघीय संसद सचिवालयमा पठाउनुपर्ने ब्यबस्था छ । तत्कालीन प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले राजीनामा दिएपछि वरिष्ठतमको आधारमा जोशीले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालि रहेका छन् । संसदको नियमावली तयार नहुँदा संसदीय सुनुवाई समितिको अभावमा प्रधानन्यायाधीश नियुक्त हुन सकेको थिएन । संघीय संसदको नियमावली पारित भएसँगै समिति गठनको बाटो खुलेको हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार