अरुण तेस्रोलाई लक्षित गरी बम बिष्फाेट………

३० जेठ २०७५,   संखुवासभा – संखुवासभाको खाँदवारी नगरपालिका–९ तुम्लिङटारस्थित अरुण तेस्रो जलविद्युत आयोजनाको प्रशासकीय कार्यालयलाई लक्षित गरी अज्ञात समूहले सकेट बम बिष्फाेट गराएकाे छ।  गएराति पौने १ बजेतिर तीनवटा सकेट बम प्रहार भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी श्यामकुमार सारु मगरले बताए। उनले बिष्फोट गराइएको ठाउँमा तीन ओटा खाडल भेटिएकाले तीन ओटा बम बिष्फोट गराइएको हुन सक्ने बताए। आयोजनाको परिसरमा बिष्फोट गराइएकाले भौतिक क्षति हुनबाट भने जोगिएको छ। यस अघि वैशाख १६ गते कम्पाउन्ड वालमै क्षेती पुग्ने गरी बम बिष्फोट गराइएको थियो। घहिलेसम्म दुईवटै घटनाको जिम्मा कसैले पनि लिएको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार