अस्पतालको छेउमा ‘प्रभु’को उपचार……….

३१  जेठ  २०७५,  रोल्पा–तत्कालिन सशस्त्र द्वन्द्वका समयमा मेला भर्न हिडेको बेला तामाको भोक्कर ‐पूजाआजा गर्दा बजाइने बाजा) लुटेर लगेको अनि माग्न जाँदा माओवादीबाट कुटाइ खाएको स्मरण गर्दै करेटी रोल्पाका ७८ वर्षीय जगु घर्ती भन्छन्, ‘उतिबेला धर्मकर्म गर्न पाइँदैन भन्थे । देउता पुज्नेले कुटाई खानु पर्ने ! गाउँमा त माओवादी राजा नि ! अहिले हेर्नुस् त गाउँगाउँमा शनिबार प्रार्थना गर्नेमा उनीहरुको नै घुइँचो लाग्छ । हिजो हाम्लाई कुट्नेहरू अहिले आफै चर्च जान थालेका छन् ।’
त्रिवेणी–१ करेटी झेङकानी मेलामा हुने पूजा रोक्ने ती माओवादी कार्यकर्ता अहिले प्रत्येक शनिबार चर्च गएको देख्दा जगु घर्ती अचम्ममा परेका छन् । ‘मानिआएको धर्म छोडेर के गरेका हुन् केहि बुझेको छैन । धर्म, देउता नमान्ने उर्दी जारी गर्ने आफै मण्डली दगुर्छन् । बिचरा बिरामीलाई छेउको अस्पताल नलगेर चर्च पो लग्छन् । धामी छोडेर प्रार्थना रे ! कहि नभाको हाम्रोमा भइरा’छ । हिजो हामीले घरमा बनाएको जाँडरक्सी अलि अलि खादा कुट्थे । बरा अहिले त आफै त्यसैमा (प्रभु भोज)मा डुब्छन् । क्या जमाना आयो । अन्धविश्वासलाई बढावा दिँदै गरिने धार्मिक उपचारले अनाहकमा दुख दिइरहेको स्थानीय बताउँछन् । त्यसो त यो गाउँमा स्वास्थ्य चौकी छ । दक्ष स्वास्थ्यकर्मी पनि पर्याप्त छन् । तर बिरामीलाई पहिला चर्च पु¥याइन्छ । ‘हामीले रिफर गरेका बिरामीसमेत मण्डलीतिर जान्छन् । कोही झनै बिग्रेर बाहिर जान्छन् भने कोही फेरि हेल्थ पोष्टमै आउँछन् । सुरुमै उपचारका लागि चर्च पुग्नेहरू रोग जटिल बनाएर आउँछन् । गाउँभरि अस्पतालले होइन प्रभुको आराधनाले रोग निको हुन्छ भन्ने हल्ला फिजाइएको छ,’ स्वास्थ्य चौकी करेटीका इन्चार्ज बिशाल घर्तीले भने,‘अस्पताल छेउमा चर्च छ त्यहीँ बिरामीलाई लगिन्छ । उता मण्डलीमा भक्त बनेर लागेकाहरू सफा मनले सङ्गति ग¥यो भने बिरामी छिटो निको हुने दाबी गर्छन । ‘बिरामीले प्रभु येशुलाई विश्वास गरे छिटो निको हुन्छ । ढिलो विश्वास गर्नेको ढिलो निको हुन्छ । अस्पतालमा निको नभएका बिरामी पनि आउँछन् अनि चर्चबाट निको भएर जान्छन् । साँचो मनले प्रभुलाई चिन्नु प¥यो सबै राम्रो हुन्छ तर दोधारेलाई हुँदैन,’ केहि वर्ष यता प्रभुको अनुयायी बनेकी तीर्थमाली घर्तीले दाबि गरिन । धार्मिक कक्षा संचालन गर्न समय समयमा दोभासेसमेत बोकेर विदेशी नागरिक पनि यहाँ आउने गर्दछन् । प्रभुका पछि लाग्ने प्रायः बिरामी निको हुने अन्धविश्वास व्याप्त छ । ‘दाङमा बस्ने आमा बिरामी हँुदा चर्च गएपछि निको भएकाले म पनि यतै लागेँ । आफू र परिवार बिरामी हँुदा प्रभुको शरणमा गएपछि सन्चो भएका छौं । प्रत्येक शनिबार प्रार्थना गर्न आउँछौ । नियमित भइएन भने रोग बल्झिन्छ रे !,’ लामो समय यता प्रभुको अनुयायी बनेकी कल्पना बाठाले बताइन् । जिल्लाका अन्य स्थानमाझै करेटीमा पनि जनश्रमदानबाट प्रभु बस्ने दुईवटा घर बनाइएको छ । हरेक प्रार्थनामा जम्मा हुने भेटी पनि यतै परेको अनुयायी बताउँछन् । हिजो धामीझाँक्री अन्धविश्वास भएको स्वीकार गरेको समाजमा फेरि अर्को अन्धविश्वासको जरा गाड्दै गएको छ । ‘मेरो माहिँलो छोरा उहिले झाँक्री थियो । अहिले मण्डलीमा गएको छ । ऊ त गयो गयो केटाकेटी पनि उस्तै गरायो । केटाकेटी चाडबाडमा रमाउन खोज्छन् तर उनीहरूको डरले टीकासम्म लाउँदैनन्,’ जगु घर्तीले भने । जिल्लामा ५ दर्जन बढी चर्च रहेका छन् । धर्मलाई अफिमसँग तुलना गर्नेहरू नै आज सहज उपचारका नाममा धर्म परिवर्तन गराउने होडमा लागिरहेको आरोप घर्तीले लगाए । घर्तीले भने,‘ गाउँमा अस्पताल भवन छैन, विद्यालय भवन नहुँदा विद्यार्थी पानी चुहिने छाप्रोमा पढ्न बाध्य छन् । तर त्यही छेउमा आधुनिक चर्च र मण्डली भने धमाधम निर्माण भइरहेका छन् ।’अन्धविश्वासलाई बढावा दिँदै गरिने धार्मिक उपचारले अनाहकमा दुख दिइरहेको स्थानीय बताउँछन् ।

 

aama-book

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार