आयोजक राष्ट्र रूसकाे विजयी सुरुवात, साउदी अरेबिया ५–० ले स्तब्ध

  बगैचा सम्वाददाता

२१ औं फिफा विश्वकप फुटबलमा आयोजक राष्ट्र रूसले विजयी सुरुवात गरेको छ। हिजो रातीबाट रूसको राजधानी मस्को स्थित लुज्निकी रंगशालामा सुरु भएको प्रतियोगितामा रूसले एसियाली राष्ट्र साउदी अरेबियालाई ५–० को फराकिलो गोलअन्तरले पराजित गर्यो। रूसको जितमा डेनिस चेरिसेवले २ तथा युरी गाजिन्स्की, आर्तेम डीजुबा र अलेक्सेन्डर गोलोभिनले गोल गरे। जितसँगै आयोजक राष्ट्र रूस महत्वपूर्ण ३ अंक जोडन सफल भएको छ।

समूह एमा रहेको साउदीले विश्वकपको उद्घाटन खेलमानै घरेलु टिम रसियासँग लज्जास्पद हार व्यहोरेको हो। फिफाको वरीयताक्रममा ६७ औँ स्थानमा रहेको साउदी अरेबिया र ७० औँ स्थानमा रहेको रुसबीचको खेल विश्वकपको उद्घाटन खेलको इतिहासमा तल्लो वरीयतामा रहेका देशहरुको खेल भएको हो। प्रतियोगिताअन्तर्गत शुक्रबार ३ खेलहरू हुँदैछन्। शुक्रबारको पहिलो खेलमा साँझ ५:४५ मा इजिप्ट र उरूग्वे, बेलुकी ८:४५ मा मोरक्को र इरान तथा राती ११:४५ मा पोर्चुगल र स्पेनले प्रतिस्पर्धा गर्नेछन्।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार