प्रदेश २ मा हिन्दीलाई सम्पर्क भाषा राख्न प्रस्ताव आउँदै……….

०४ असार २०७५,   काठमाडौ – प्रदेश २ को नामकरण र सम्पर्क भाषाको विषयमा प्रदेश सभाका सांसदहरूबीच विवाद उत्पन्न भएको छ। प्रदेश सरकारले भने आगामी असार १० गतेदेखि बस्न लागेको प्रदेशसभा बैठकमा प्रदेश २ को नाम मधेस प्रदेश र हिन्दी भाषालाई सम्पर्क भाषा बनाउन प्रस्ताव ल्याउने तयारी गरेको छ। विधेयकको मस्यौदासमेत तयार भएको मन्त्रीहरूले बताएका छन्।  प्रदेश २ मा सरकारको नेतृत्वमा रहका संघीय फोरम र सरकारमा सहभागी पार्टी राजपाका नेताहरूले प्रदेश २ लाई मधेस प्रदेश नामकरण गनुपर्ने माग राखेका छन् भने नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीका अधिकांश सांसदले मिथिला या मिथिला–भोजपुरा प्रदेश राख्न सुझाव दिएका छन्। हिन्दीलाई सम्पर्क भषामा बनाउन नहुने अडानमा भने नेकपा र नेपाली कांग्रेसका प्रदेशसभाका सबै सांसद एकमत छन्। हिन्दी भाषालाई सम्पर्क भाषा बनाउने प्रस्ताव सरकारले ल्यायो भने त्यसको ठाडो प्रतिबाद गर्ने उनीहरूले जनाएका छन। प्रदेश २ सरकारले भने स्थानीय भाषा भोजपुरी र मैथलीलाई सरकारी कामकाजको भाषा र हिन्दी भाषालाई सम्पर्क भाषा बनाउने प्रस्ताव ल्याउने तयारी गरेको छ । प्रदेश दुइका कृषि तथा सहकारी मन्त्री सैलेन्द्र साहले प्रदेश दुइको नामकारण मधेस प्रदेश र हिन्दी भाषलाई सम्पर्क भाषा बनाउन प्रस्ताव राख्दै सरकारले विधेयक तयार पारेको बताए। उनले भने, ‘विधेयक तयार भइसकेको छ। आगामी प्रदेशसभाको बैठकमा सरकारले विधेयक ल्याउदै छ।’ प्रदेश दुइमा बोलिने स्थानीय मातृ भाषा हिन्दी र मैथली भाषालाई सरकारी कामकाजको भाषा बनाउन विधेयकमा राखिएको पनि उनले जनाए। नेपाली कांग्रेसका संसदीय दलका नेता रामसरोज यादवले भने प्रदेशको नाम मधेस प्रदेश राख्ने प्रस्ताव सरकारले ल्याएमा त्यसको ठाडै विरोध गर्ने बताए। यसैगरी हिन्दी भाषालाई सम्पर्क भाषा बनाउने प्रस्ताव सरकारले ल्याउन खोजे त्यसको पनि विरोध गर्ने उनले जनाए। उनले भने, ‘प्रदेश २ को नामकारण मिथिला भोजपुरा प्रदेश र सम्पर्क भाषा मैथली भोजपुरा राख्नु पर्छ भन्ने हाम्रो प्रष्ट अडान हो।’ नेपालमा नेपाली भाषापछि सबैभन्दा बढी बोलिने भाषा मैथली भाषा हुँदाहुँदै हिन्दी भाषालाई किन सम्पर्क भाषा बनाउनु प-यो भन्दै उनले प्रश्न गरे, ‘हिन्दी भाषालाई सम्पर्क भाषा बनाउने सरकारको प्रस्ताव लागू हुन दिन्नाैँ।’ ४५ प्रतिशत नेपालीले मैथली भाषा प्रयोग गर्ने तथ्यांक रहेको दाबी गर्दै मैथली भाषालाई सम्पर्क भाषा बनाउनुपर्ने उनको भनाइ छ। प्रदेश २ का नेकपाका प्रदेश सभाका सांसद भरत साहले पनि प्रदेश २ मा सम्पर्क भाषा मैथली या भोजपुरी हुनुपर्ने बताए। उनले भने, ‘प्रदेश २ मा सम्पर्क भाषा मैथली र भोजपुरी हुनुपर्ने अडानमा नपाली कांग्रेस र नेकपाका प्रदेशसभाका सांसदहरू एक ठाउँमा आएका छौँ । प्रदेशको नामकारण के राख्ने भन्नबारे भने फरकफरक कुरा आएका छन्। कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादवले प्रदेश २ को नाम मधेस प्रदेश राख्न सबैभन्दा राम्रो हुने दाबी गरे। ‘मधेस प्रदेश नाम छोटो र उपयुक्त पनि छ,’ उनले भने। नेकपा र नेपाली कांग्रेसका सांसदहरूले प्रदेशको नामकारण र सम्पर्क भाषाबारे निर्णय गर्न सरकारले विधेयक ल्याउन ढिलो गरेको आरोप लगाएका छन्। आगामी प्रदेशसभाको बैठकमा पनि सरकारले विधेयक नल्याए प्रतिपक्षी दलहरूले नै विधेयक दर्ता गर्ने चेतावनी दिएका छन्। सांसद रामसरोजले भने, ‘अब बस्ने प्रदेशसभाको बैठकमा पनि सरकारले नामकारण विधेयक ल्याएन भने प्रतिपक्षी दलहरूले आफैँ विधेयक दर्ता गर्छौं।  प्रदेश २ को राजधानी जनकपुर राख्ने विषयमा भने प्रदेशसभाका सांसदहरूबीच करिबकरिब सहमति सांसदहरू बताउँछन्। सांसद साहले भने, ‘प्रदेश २ को राजधानी जनकपुर बनाउने विषयमा दलहरूबीच करिबकरिब सहमति भएको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार