६ दिने भ्रमणका लागि प्रधानमन्त्री ओली सहित १९ सदस्यीय टोली चीन प्रस्थान

  बगैचा सम्वाददाता

काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने भ्रमणका लागि मंगलबार बिहान ९ बजे चीन प्रस्थान गरेका छन् । ओली चिनियाँ प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा त्यसतर्फ प्रस्थान गरेका हुन्। व्यवसायी र पत्रकारसमेत गरी एक सय १९ सदस्यीय टोली छन् । मंगलबार चिनियाँ समयअनुसार सवा ५ बजे प्रधानमन्त्री ओली बेइजिङस्थित क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछन् । त्यहाँबाट हिल्टन ग्रुपको डबल ट्री होटेल पुग्नेछन्, जहाँ नेपाली राजदूत लीलामणि पौड्यालले रात्रिभोजसहित स्वागत समारोह आयोजना गर्दै छन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी लीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने छन्। ओलीले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने कार्यक्रमहरु पनि रहेका छन्। भ्रमणका क्रममा रेलमार्ग, विभिन्न सडक करिडोर निर्माण, ऊर्जा, जलस्रोत, पुननिर्माणका विषयमा दुई देशबीच सहमति हुने बताइएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार