हारको जिम्मा हैसियतअनुसार …………

०६ असार २०७५,   काठमाडौं – नेपाली कांग्रेसका सभापतिहरुले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी पराजयको मुख्य जिम्मेवार केन्द्रीय सभापति शेरबहादुर देउवा भएको बताएका छन् । उनीहरुले सभापतिको टाउकोमा मात्र दोष थुपारेर अन्य पदाधिकारी र नेताहरु उम्कन नमिल्ने पनि स्पष्ट पारेका छन्। पार्टीका शीर्ष नेताहरु नै हारको विषयमा पक्ष र विपक्षमा विभाजित भइरहेका बेला केन्द्रीय सभापतिदेखि पदाधिकारी, सदस्य हुँदै जिल्ला सभापतिहरुले पनि त्यसको जिम्मेवारी लिँदै पार्टीलाई नयाँ ढंगबाट अघि बढाउनुपर्ने बुझाइ जिल्ला सभापतिहरुको छ । पार्टीको मूल नेतृत्वकर्ता भएकाले सभापति देउवाको जिम्मेवारी बढी भएको बताउँदै इलाम सभापति हिमाल कर्माचार्यले नागरिकसँग भने, ‘केन्द्रीय पदाधिकारी, सदस्यदेखि जिल्ला सभापतिहरुले हैसियतअनुसार पराजयको जिम्मेवारी लिनुपर्छ।’ पार्टीभित्र असल र खराबभन्दा गुटगत आधारमा उम्मेदवारी छनोट हुँदा धेरै ठाउँमा निर्वाचन परिणाम आफ्नो पक्षमा आउन नसकेको जिल्ला सभापतिहरुको गुनासो छ । गुटगत आधारमा तेरो र मेरो भनेर उम्मेदवार छनोट भएकाले पराजयको जिम्मेवारी पनि त्यही अनुसार लिन सबै नेताहरु तयार हुनुपर्ने उनीहरुको बुझाइ छ । पछिल्लो निर्वाचनमा कांग्रेसबाट होइन, सबैले गुटबाट टिकट पाए,’ गोरखा सभापति हरिबहादुर घलेले भने, ‘शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, शशांक कोइराला, प्रकाशमान सिंहले आआफ्ना व्यक्ति हेरेर टिकट दिए । कांग्रेसले टिकट दिन नसक्दा निर्वाचनमा पार्टी पराजित भयो। तत्कालीन व्यवस्थापिका संसद्का दुई ठूला दल एकीकरण गर्ने रणनीतिसहित निर्वाचनमा जुट्दा समेत कांग्रेसभित्र एकता हुन नसकेको जिल्ला सभापतिहरुको बुझाइ छ । घात र अन्तर्घातकै कारण निर्वाचनमा पार्टी धेरै ठाउँमा पराजित हुन पुगेको गुनासो गर्दै जिल्ला सभापतिहरुले चुनावमा असहयोग गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् । पार्टीमा मौलाएको अनुशासनहीनताले संगठनलाई अझै कमजोर बनाउन सक्ने बताएका छन् । सबै तहका नेता तथा कार्यकर्तालाई अनुशासनको दायरामा ल्याउनेगरी पार्टी संयन्त्रलाई बलियो बनाउने प्रस्ताव मंगलबारबाट सुरु हुने जिल्ला सभापतिको भेलामा राख्ने भएका छन् ।‘पार्टीभित्र छाडा र मनपरीतन्त्र हावी भएको छ । त्यसको अन्त्य हुनुपर्छ,’ सप्तरी सभापति दिनेश यादवले भने, ‘पार्टीमा अनुशासन कायम हुनुपर्छ । निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार