प्रहरी र लुटेरा समूहबीच गोली हनाहान……….

असार ८, २०७५  काठमाडौं । राजधानीको बौद्वनजिकै जम्बुडाँडामा बिहीबार साँझ गोली चलेको छ । जम्बुडाँडा नजिकै रहेको खोलाको किनारामा प्रहरी र लुटेरा समूहबीच गोली चलेको हो । महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले दुई राउन्ड गोली चलाएको हो । मुठभेडमा अम्बर बहादुर तामाङ घाइते भएको प्रहरीले बताएको छ । सिन्धुपाल्चोक बाह्रबिसे घर भएका अम्बर तामाङको खुट्टामा २ राउन्ड गोली लागेको अपराध महाशाखाले जनाएको छ । तामाङलाई उपचारको लागि ट्रमा सेन्टर लगिएको प्रहरीले जानकारी दिएको छ । त्यस्तै, तामाङको साथबाट ७ बण्डल नक्कली नोटको डलर बरामद भएको महाशाखाले जनाएको छ ।अम्बरले गत जेठ २५ गते डलर साँट्न भन्दै बोलाएर भक्तपुरमा १८ लाख लुटपाट गरेका थिए । चाँगुनारायण नगरपालिका इन्द्रेणीपुल–३ स्थित ताप्लेजुङ फुङलिङ नगरपालिका–१ घर भई हाल स्वयम्भु बस्दै आएका विरेन तामाङलाई बोलाई अस्मिलले १८ लाख लुटपाट गरेको प्रहरीले बताएको छ । अस्मिनले डलर साटेको बापत २ लाख रुपैयाँ फाइदा हुने बताएपछि विरेन तामाङले १८ लाख रुपैयाँ लिएर पैसा साँट्न गएका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार