तेस्रो आदिवासी जनजाती कप सि. यस. एफ. क्लबलार्इ

खेलकुद विकासका लागि सरकाले मासिक सम्मान भत्ता प्रदान गर्ने: खेलकुद मन्त्री

  बगैचा सम्वाददाता

ललितपुर

तेस्रो आदिवासी जनजाती कप फुटबल प्रतियोगिता २०७५ को समापन कार्यक्रममा हिजो खेलकुद मन्त्री जगत बहादुर सुनार (विश्वकर्मा)ले आगमी प्रतियोगितामा सहयोग गर्नका साथै खेलकुद विकाशका लागि सरकार तथा राष्ट्रिय खेलकुल परिषदले सधै लागि पर्ने प्रतिवद्धता जनाएका छन्। उनले खेलकुद विकास नभए सम्म देश विकास नहुने भन्दै सरकाले आगमी बजेटबाट अन्तराष्ट्रिय स्वर्ण पदक विजेतालार्इ मासिक सम्मान भत्ता रू ५,०००।– तथा ओलम्पिकका स्वर्णलार्इ मासिक रू ३,०००।– दिइने प्रबन्ध मिलाइएकाे जानकारी समेत गराएका छन् । स्वस्थ्यका लागि खेलकुद र खेलकुदका लागि स्वस्थ भन्ने अवधारणाका साथ सरकारले सम्पूर्ण देशका युवा, बालबालिका तथा बृद्धालार्इ समेत खेलकुद तथा शारिरक ब्याम गर्नु आवश्यक रहेको उनको भनाइ थियो । उनले भने “समृद्ध नेपाल सुखिशान्त नेपालका लागि बनेको यो सरकारले खेलकुद विकाशका लागि सम्पूर्ण स्थानीय स्तरबाट नै खेलकुदविकासका लागि योजना ल्याउदै छ ।”

तेस्रो जनजाती फुटबल प्रतियोगिता २०७५ मा सि. यस. एफ. क्लब सातदोबाटो विजयी भएकाे छ । दुरा सेवा समाज र सि. यस. एफ. क्बल बिच भएकाे प्रतिस्पर्धामा दुरा समाजले अग्रता लिए पनि खेलको अत्यतिर सि. यस. एफ.ले १ गोल गर्दै बराबरीमा ल्याए पछि खेल  ट्राइब्रेकरमा गएको थियो । ट्राइब्रेकरमा ४-५को गोल निकाल्दै सि. यस. एफ. सातदोबाटो विजयी भएको हाे  । विजयी क्लबले नगद रू.५१,०००।– सहित कप, मेडल तथा प्रमाण पत्र हात पारेको छ भने उपविजेताले रू.२५,५००।- हित कप, मेडल तथा प्रमाण पत्र हात पारेको छ । यस्तै तेस्रो स्थान सुनुवार भैसेपाटी ट्याक्सि संघले रू.१५,५००।- सहित कप, मेडल तथा प्रमाण पत्र हात पारेको छ । यस्तै ३५ वर्ष माथिका प्रतियोगितामा बिजिएन (व्रिटिश गोर्खा क्याप)ले फ्रिडम फाइटर नखिपोलार्इ १-० गोल निकाल्दै विजयी भएको छ । जीतसँगै व्रिटिश गोर्खा क्यापले ३० केजी सहितको धराने कालो सिंगुर सहित कप, मेडल तथा प्रमाण पत्र हात पारेको छ भने उपविजेताले रू ७,०००।– सहित कप, मेडल तथा प्रमाण पत्र हात पारेको छ । यस्तै तेस्रो आदिबासी जनजाती उत्थान राष्ट्रीय प्रतिष्ठानले कप, मेडल तथा प्रमाण पत्र हात पारेको छ । यस्तै फिएर प्ले टिम भने लिखुभुजी रामेछाप युबा क्लब, रामेछापले हात पारेको छ ।

यस्तै प्रतियोगितामा उत्कृष्ट गोलकिपर  दुरा सेवा समाजका – भिमसेन दुराले हात पारे भने उत्कृष्ट डिफेन्डर वालुङ उत्थान समाजका- सुसान लामा यस्तै उत्कृष्ट मिडफिल्डर दुरा सेवा समाजका -सन्देश दुरा, उच्च गोलकर्ता सि. एस. एफ.का – राजिब गुरुङ, उत्कृष्ट खेलाडी सि. एस. एफ.का-सन्तोष तामाङ, हयट्रीक दुरा सेवा समाजका ईछा दुराले हात पार्न सफल भए । उत्कृषट सम्पूर्णलार्इ आकर्शक ट्रफ्रि प्रदान गरीएको छ ।

यस्तै ३५ वर्ष माथिको प्रतियोगितामा हयाट्रीक ट्रफ्रि तीन खेलाडी बिजिएन टिमका – खिम श्रीस, हयाट्रीक बिजिएन टिम बेलायत नागरिक- किट्ची अपटोन हयाट्रीक फ्रीडम फुटबल टिमका- बिजय गुरुङले हात परेका छन् ।

अन्तमा आयोजक कोइच स्पोर्ट क्लबका अध्यक्ष सामुलय सुनुवारले आदिवासी जनजाती फुटबल प्रतियोगिताको तेस्रो संस्कणरसम्म आइपुग्दा विभिन्न आरोहअवरोह पारगर्दै आएर पनि प्रतियोगिता सफल भएकोमा खुशि ब्यक्त गरे साथै यी र यस्तो प्रतियोगिका निरन्तरताका लागि आफु र कोइच स्पोर्ट क्लब निरन्तर लागि रहने समेत बताए । उनले प्रतियोगिता सहयोगितामा सहयोग गर्ने सम्पूणमा धन्यवाद ब्यक्त गरे । कार्यक्रममा विभिन्न सामाजिक संघसस्थाका, खेलकुदका अध्यक्ष, प्रतिनिधी तथा सुरक्षा निकाय, खेलप्रेमी दर्शकहरूको उपस्थिति रहेको थियो । औपचारिक कार्यक्रमको संचालन कल्बका उपसचिव रमा सुनुवारले संचाल गरेकी थिइन । एक हप्तासम्म चलेको प्रतियोगितामा २६ टिमको सहभागिता थियो भने ३५ वर्ष माथिको प्रतियोगिताका लागि ६ टिमबीच प्रतिस्पर्धा भएको थियो ।

 

प्रतियाेगिताका केहि दृष्यहरू

                 

 

                              

 

          

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार