बगैचाका स्टाफ स्व.जुलीको छोरीलाई बगैचाद्धारा आर्थिक सहयोग

  टोपबहादुर याक्खा

२४ जुन, हङकङ – क्यान्सरबाट मृत्यु भएकी बगैचा रेष्टुरेण्ट एण्ड पार्टी प्यालेसमा कार्यरत स्व.जुलीको छोरी काजोललाई बगैचा लिमिटेड हङकङद्धारा १८ हजार १ सय ३७ डलर आर्थिक सहयोग प्रदान गर्यो ।
हिजो आइतबार जोर्डनस्थित बगैचा रेष्टुरेण्ट एण्ड पार्टी प्यालेसको हलमा आयोजित एक कार्यक्रम माझ बगैचा लिमिटेडका निवर्तमान अध्यक्ष नरेश सुनुवार, बगैचा रेष्टुरेण्टकी मेनेजर तिर्थ राई लगायत बगैचाका सेयर होल्डरहरुको उपस्थिति माझ काजोललाई सहयोग स्वरुप उक्त रकम हस्तान्तरण गरिएको हो ।
साह्रै मिलनसार, बफादार र परिश्रमी स्टाफलाई बगैचाले गुमाउँनु परेकोमा दुःख व्यक्त गर्दै बगैचाकी मेनेजर तिर्थ राईले स्व.जुली बगैचाको स्टाफ मात्रै नभई नेशनालिटी फिलिपिन्स रहे पनि परिवारको एउटा सदस्य सोसरह रहेको बताउँदै उक्त रकम बगैचाका स्टाफ र सेयर होल्डरहरुबाट सहयोग स्वरुप संकलन गरि प्रदान गरिएको बताईन् ।
बिगत २ वर्षयता नेपालीहरुको लगानीमा जोर्डनस्थित सांघाई स्ट्रिटमा संचालनमा रहेको बगैचा रेष्टुरेण्ट एण्ड पार्टी प्यालेसमा कार्यरत स्व. जुलीको ५ जुनका दिन कोङ वा हस्पिटलमा उपचारकै क्रममा निधन भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार