पुरुषले पनि नर्सिङ पढ्न पाउने

  बगैचा सम्वाददाता

काठमाडौँ

अब पुरुषले पनि नर्सिङ गर्न पाउने भएका छन् । नर्सिङ शिक्षामा पुरुषलाई विभेद गर्न नहुने माग उठिरहेका बेला सरकारले पुरुषले पनि नर्स बन्न पाउने निर्णय गर्रको छ । नेपाल नर्सिङ परिषद्ले आर्थिक वर्ष २०७५/७६ देखि नर्सिङ अध्ययन हुने सबै कलेजमा १५ प्रतिशत पुरुषलाई पढाउने भएको छ । अन्य मेडिकल प्रोफेसनमा पुरुष र महिला सबैले पढ्न पाउने अधिकार भए पनि करिब २५ वर्षदेखि नर्सिङमा महिलाले मात्र यो अवसर पाएका थिए । केही वर्षयता भारतलगायत मुलुकबाट नर्सिङ पढेर आउने नेपाली पुरुषले परिषद्बाट लाइसेन्स लिने गरेका थिए । २०५० सालअघिका ४ ब्याचमा करिब ८० जना पुरुष नर्स थिए ।  नेपालमा नर्सिङ पढाइ हुने करिब १ सय २० वटा कलेज छन् । परिषद्मा दर्ता भएका नर्सको संख्या ८१ हजार १ सय २५ छ । संघका अनुसार सरकारी स्वास्थ्य निकायमा करिब २५ हजारभन्दा बढी नर्स चाहिए पनि १२ हजार जति कार्यरत छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार