आइपुग्यो नेपाल वायुसेवाको नयाँ एयरबस ‘अन्नपूर्ण’

  बगैचा सम्वाददाता

काठमाडौँ

नेपाल वायुसेवा निगमले खरीद गरेको वाइडबडी विमान आज काठमाडौँ त्रिभूवन विमानस्थलमा आइपुगेको छ । एयरबस ए ३३०–२०० सिरिजको ९ एन–एएलवाई कलसाइनको अन्नपूर्ण विमान निगमले आज नेपाल आइपुगेको हो । २०७३ चैत २५ गते अमेरिकन लिजिङ कम्पनि एएआर कर्पोरेशनमार्फत् एयरबस ए ३३०–२०० सिरिजका दुई विमान खरिद सम्झौता भएको थियो । निगमले दुईटा वाइडबडी खरिदका लागि नागरिक लगानी कोष र कर्मचारी संचय कोषबाट ९ प्रतिशत ब्याजमा २४ अर्ब ऋण लिएको छ । नयाँ विमानमा १८ विजनेस कलास, २ सय ५६ सिट २७४ सिट क्षमताको वाइड बडी विमानमा १६ वटा विजनेस क्लास सिट छन् । विमान केही समय हालकै निगमको नियमित गन्तव्यमा उडान भर्ने र पछि साउदी अरवको रियादमा थप उडान भर्ने योजना रहको छ । निगमले चाडैनै जापान र कोरियामा उठान भर्ने तयारी गरिरहेको छ । दोस्रो वाइडबडी विमान पनि पहिलो विमान काठमाडौँमा अवतरण गरेको डेढ–दुई महिनाभित्र अवतरण हुने निमगले जनाएको छ । निगमसँग अहिले अन्तर्राष्ट्रिय उडानमा दुइटा एयरबस ए३२० र एउटा बोइङ ७५७ छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार