भोलीबाट मनसुन कमजोर बन्दै जाने

  बगैचा सम्वाददाता

काठमाडौं

केहि दिनदेखि सक्रिय मनसुन बुधबारदेखि कमजोर बन्दै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज  देशको पूर्वी र मध्य भूभागमा मध्यमदेखि भारीसम्मको वर्षा हुनेछ भने  भोलिदेखि मनसुन कमजोर बन्दै जाने महाशाखाको पूर्वानुमान छ । मध्यान्हपछि खतराको तह पार हुने सम्भावना रहेको भन्दै महाशाखाले पश्चिमी भूभागका नदीहरुमा भने सतर्कता तह पार हुने सम्भावना न्यून रहेको जनाएको छ । महाशाखाले आज देशको पूर्वी र मध्य भुभागबाट प्रबाह हुने सवै खोलानालाहरुमा बाढी आउन सक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार