सुनुवार समाज हङकङको अध्यक्षमा श्याम कर्ण सुनुवार

  टोपबहादुर याक्खा

१ जुलाई, हङकङ– श्याम कर्ण सुनुवारको अध्यक्षतामा ९ सदस्सीय कार्य समितिको चयन गर्दै सुनुवार समाज हङकङको ५ औं अधिवेशन जोर्डन स्थित बगैचा रेष्टुरेण्ट एण्ड पार्टी प्यालेसमा सम्पन्न भयो ।
समाजका अध्यक्ष एल.बि. मुखियाको अध्यक्षतामा सम्पन्न पहिलो चरणको बन्दसत्र कार्यक्रमको अन्त्यमा समाजका सल्लाहकार अतीत मुखियाको संयोजकत्वमा गठित निर्वाचन मण्डलद्धारा निर्बिरोध निर्वाचित पदाधिकारीहरुमा क्रमशः अध्यक्षमा श्याम कर्ण सुनुवार, उपाध्यक्षमा राम सुनुवार, सचिवमा रिकु सुनुवार, सह–सचिवमा देवराज सुनुवार, कोषाध्यक्षमा रविना थापा सुनुवार, सह–कोषाध्यक्षमा ओम प्रकाश सुनुवार र सदस्यहरुमा हेमराज सुनुवार, प्रकाश सुनुवार र चुडा मणि सुनुवार रहेका छन् ।
आदिवासी जनजाती महासंघ हङकङका अध्यक्ष किसन राईको प्रमुख आतिथ्यतामा सम्पन्न दोस्रो चरणको खुल्ला सत्र कार्यक्रममा किरात याक्खा छुम्मा हङकङका अध्यक्ष पूर्ण प्रसाद देवान, किरात राई यायोक्खा हङहङको प्रतिनिधीका रुपमा किरात राई बान्तावा यायोक्लाका अध्यक्ष तिलक वालाहाङ राई लगायतका व्यक्तिहरु विशेष अतिथिका रुपमा रहेका थिए ।
समाजलाई विभिन्न पक्षबाट विशेष योगदान दिने व्यक्तित्वहरुमा सम्मान समेत गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि किसन राई, विशेष अतिथिद्धय पूर्ण प्रसाद देवान, तिलक वालाहाङ राई, सल्लाहकार नरेश सुनुवार लगायतले शुभकामना मन्तव्य राखेका थिए । यसरी मन्तब्य कै क्रममा जनजाती महासंघका अध्यक्ष किसन राईले सानो संख्यामा रहेर पनि सुनुवार समाज हङकङले आदिवासी जनजाती महासंघ प्रति हरेक कोणबाट महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको र भविश्यमा समेत यस्तै साथ सहयोगको अपेक्षा राखेको बताए ।
२००४ मा स्थापित ४ किरातहरुहरु मध्येको सुनुवार समाज हङकङले प्रवासमा रहेर पनि आफ्नो भाषा, धर्म र संस्कृतीको संरक्षण तथा सम्बर्धनका लागि सक्रिय रुपमा लागि पर्दै उधौली, उभौली, यले सम्वत लगायत विभिन्न मौलिक चाडबाडहरुलाई समेत उत्तिकै महत्वका साथ मनाउँदै आएको छ ।

निर्वाचित कार्य समितिको नामावलीः

१. अध्यक्ष– श्याम कर्ण सुनुवार
२. उपाध्यक्ष– राम सुनुवार
३. सचिव– रिकु सुनुवार
४. सह–सचिव– देवराज सुनुवार
५. कोषाध्यक्ष– रविना थापा सुनुवार
६. सह–कोषाध्यक्ष– ओम प्रकाश सुनुवार
७. सदस्य– हेमराज सुनुवार
८. सदस्य– प्रकाश सुनुवार
९. सदस्य– चुडा मणि सुनुवार

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार