कांग्रेस सरकारविरुद्ध आक्रमक बन्ने……….

२० असार २०७५,    काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले केपी ओली नेतृत्व सरकार संवैधानिक व्यवस्था कमजोर बनाउन सक्रिय रहेको आरोप लगाएको छ। पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा मगंलबार बसेको पार्टी पदाधिकारी र नेताहरूको अनौपचारीक बैठकले सरकारको पछिल्लो रबैयाको विपक्षमा उभिने निस्कर्ष निकालेको हो। संघीय र प्रदेश संसद्मा सरकारको कार्यको सशक्त प्रतिवाद गर्ने जनाएको छ। त्यसका लागि कांग्रेसले बुधबार संसदीय दलको बैठक बोलाएको छ। ‘सरकारको क्रियाकलाप संवैधानिक निकाय र व्यवस्थालाई कमजोर बनाउन उद्यत छ,’ नेता रामचन्द्र पौडेलले भने, ‘त्यसकाविरुद्ध संसद् र पाटीको भूमिकालाई प्रभावकारी बनाएर जानेछौँ। संवैधानिक व्यवस्थाअनुसार सतारुढ दलहरू सभामुख र उपसभामुखमध्ये एउटा पद छाड्न तयार नदेखिएको जनाउँदै कांग्रेसले गगांमाया अधिकारीको जीवन रक्षाका साथै डाक्टर गोविन्द केसीले उठाएका मागमा पनि उदासिन रहेको आरोप लगाएको छ। संविधानको कार्यान्वयन होइन यो सरकार त्यसको बर्खिलापमा देखिएको छ,’ कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले भने, ‘विरोध गर्न पनि स्थान तोकेर सरकारले जनताको मुख थुन्ने काम गरिरहेको छ। त्यसविरुद्ध संसद्मा प्रभावकारी ढंगबाट आवाज उठाउँछौ। सरकारको गतिविधिविरुद्धमा पार्टीभित्र बृहत एकता कायम गर्दै अघि बढ्ने निस्कर्ष निकालेको छ। पार्टीका भ्रातृ संगठनलाई प्रभावकारी ढंगबाट सञ्चालन गर्ने निष्कर्ष निकाल्दै कांग्रेसले विभाग, महासमिति बैठकको मिति र विधान संशोधनका लागि तत्काल मस्यौदा समिति गठन गर्ने समझदारी छ। ‘पार्टीलाई प्रभावकारी र संस्थागत ढंगबाट अघि बढाउने विषयमा छलफल जारी छ,’ नेता पौडेलले भने, ‘संसद् र पार्टीलाई प्रभावकारी बनाउने विषयमा रायहरू आएका छन्। नेताहरूबाट आएका सुझावका आधारमा फेरि अर्को बैठक गरेर महासमिति बैठकसहितका विषयमा निस्कर्षमा पुग्ने नेताहरूको दाबी छ। ‘पार्टीलाई कसरी अझ सशक्त बनाउन सकिन्छ भनेर छलफल चलिरहेका छन्,’ सहमहामन्त्री महतले भने, ‘छिट्टै विधान संशोधनका लागि मस्यौदा समिति, महासमिति बैठकको तयारीसहितका विषयमा जुट्ने छौ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार