निषेधाज्ञा अवज्ञा गर्ने निर्णय……….

असार २०, २०७५   काठमाडौं–प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले काठमाडौंको माइतघर मण्डलालगायतका स्थानमा निषेधित क्षेत्र तोक्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ । काँग्रेस संसदीय दलको बुधबार बसेको बैठकले नागरिकको स्वतन्त्रतापूर्वक विरोध गर्न पाउने अधिकार कुण्डित हुनेगरी निषेधित क्षेत्र तोक्ने काम सरकारले गरेको निष्कर्ष निकाल्दै तत्काल फिर्ता लिन सरकारसँग माग गरेको हो । सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बुधबार बिहान बसेको बैठकले राष्ट्रिय चिकित्सा शिक्षा प्रतिस्थापन विधेयक मान्य नहुने चेतावनी पनि दिएको छ । काँग्रेसले जुम्लामा अनसनरत डा. गोविन्द केसीको माग प्रति ऐक्यबद्धता जनाउँदै डा. के.सी.को स्वास्थ्य अवस्था बुझ्न नेपाली कांग्रेस संसदीय दलले तीन सदस्यीय संसदीय प्रतिनिधि टोली जुम्ला पठाउने निर्णय गर्दछ । उक्त टोलीमा प्रतिनिधि सभा सदस्य माननीय प्रकाश रसाइली स्नेही, माननीय रंगमती शाही र प्रदेश सभा सदस्य माननीय दिनबन्धु श्रेष्ठ रहने छन् । त्यसैगरी गंगामाया अधिकारीको माग प्रति नेपाली कांग्रेस एक्येबद्धता जनाउँदै उनको स्वास्थ्य अवस्था बुझ्न संसदीय दलको तर्फबाट तीन सदस्यीय संसदीय प्रतिनिधि टोली पठाउने निर्णय गर्दछ । उक्त टोलीमा प्रतिनिधि सभा सदस्य पार्वता डि.सी चौधरी, डा.अमरेश कुमार सिंह र माननीय देव प्रसाद तिमिल्सिना छन् । यसबाहेक शान्तिपूर्ण रुपमा भेला भई आफ्ना विचार राख्ने जनताको अधिकारलाई सरकारले निषेधित क्षेत्र घोषणा गरेकोमा नेपाली कांग्रेस संसदीय दलले आपत्ती प्रकट गरेको छ । अबिलम्ब निषेधित क्षेत्र घोषणाको निर्णय फिर्ता लिन सरकारलाई संसदीय दलको यो बैठक माग गरेको छ । सरकारले तत्काल उक्त निर्णय फिर्ता नलिए जनताको तर्फबाट नेपाली कांग्रेसले निषेधाज्ञा अवज्ञा समेत गर्ने निर्णय गरेको छ । दिनानुदिन महङ्गी बढी रहेकोले जनताको जीवनमा कठिनाई भइरहेको काँग्रेसको भनाई छ । जनताको आम्दानी घट्दै जाने र खर्च बढद्ै जाने यो असहज अवस्थालाई सरकारले गम्भीरतापूर्वक लिन र तत्काल महङ्गी नियन्त्रण गर्न सरकारसँग माग गरिएको छ । लाई माग गर्दछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार