नवाज शरीफलाई दश वर्षको जेल सजाय……….

२२ असार २०७५, पाकिस्तान – पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफलाई दश वर्षको जेल सजाय सुनाइएको छ। पाकिस्तानको राष्ट्रिय जवाफदेही अदालतले शुक्रबार शरीफलाई भ्रष्टाचारी ठहर गर्दै १० वर्षको जेल सजाय सहित ८ मिलियन पाउण्ड जरिवानाको सजाय सुनाएको हो भने उनकी छोरी मरीयमलाई समेत अदालतले दोषि ठहर गर्दै ७ वर्षको जेल सजाय सुनाएको छ। त्यस्तै शरीफका ज्वाँई सफदारलाई समेत १ वर्षको जेल सजाय हुनेभएको छ। यस्तै अदालतले शरीफका दुई छोरा हुसैन र हसनलाई भगौडाको संज्ञा दिँदै पक्राउ पुर्जी समेत जारी गरेको छ। लामो समयपछिको वहस पश्चात अदालतले शुक्रबार फैसला सुनाएको हो। शरीफलाई लण्डनमा चार सुविधासम्पन्न फ्ल्याट खरिद काण्डमा दोषि ठहर गरिएको थियो। शरीफले भने अदालतको यो निर्णयलाई राजनीतिबाट प्रेरित भएको बताएका छन्। अदालतको यो फैसलाले यही जुलाई २५ मा हुन लागेको आमनिर्वाचनमा शरीफ परिवारको उमेदवारी धरापमा पर्न सक्ने बताइएको छ।  शरीफमाथि भ्रष्टाचारको अभियोग लागेपछि त्यहाँको सर्वोच्च अदालतले गत वर्षको जुलाइमा उनलाई प्रधानमन्त्री पदबाट वर्खास्त गरेको थियो। शरीफ हाल आफ्नो श्रीमतीको उपचारको सिलसिलामा छोरीसहित लण्डनमा रहेका छन्।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार