सडक दुर्घटना हुनुका दुई मुख्य कारण………

असार २३, २०७५  काठमाडौं – नेपालमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण र त्यसका लागि आवश्यक तालिम नेपाल सरकारअन्तर्गतको यातायात व्यवस्था विभागले दिन्छ । कानुनअनुसार लाइसेन्सविना सवारीसाधन चलाउन पाइँदैन । त्यसैले प्रत्येक चालकसँग विभागले वितरण गरेकै लाइसेन्स छ । तथ्यांकले झन्डै ७४ प्रतिशत दुर्घटना चालकको लापरबाहीले भएको देखाउँछ । यसको अर्थ लाइसेन्सवाहक र उसको हातमा लाइसेन्स थमाइदिने सरकारी निकाय ‘फेल’ हुनु हो । नेपाल प्रहरीका प्रवक्ता एसएसपी सैलेश थापा स्विकार्छन्, ‘अधिकांश दुर्घटना चालकको लापरबाहीले हुने गरेको देखिन्छ । यसको अर्थ उनीहरूलाई सवारीसाधन चलाउन अनुमति दिने निकायमै केही समस्या छ । अर्को कोणबाट हेर्दा लाइसेन्सप्राप्त चालक असफल हुनु भनेको उनीहरूलाई लाइसेन्स दिने निकाय पनि फेल हुनु हो । अब यो प्रणालीमा सुधार हुनुपर्छ । यसो नगरिए यस्ता दुर्घटना हुन्छन् । मर्नेको दर बढेको बढ्यै हुन्छ ।

सडक इन्जिनियरिङ पनि असफल

सवारीसाधन दुर्घटना हुनुमा सडकको पनि उत्तिकै भूमिका हुन्छ । विशेषगरी हाइवे र सहरमा हुने दुर्घटनामा केही हिस्सा दोष सडकको पनि छ । यसको अर्थ सडकसम्बन्धी हामीले अपनाउँदै आएको इन्जिनियरिङ पनि फेल हुनु हो । एसएसपी थापाले भने, ‘दुर्घटना सडकका कारण पनि हुने गरेका छन् । यो भनेको सडकसम्बन्धी हामीले अपनाउँदै आएको इन्जिनियरिङ फेल हुनु हो । यसमा पनि अब रिभ्यु आवश्यक छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार