व्यापार युद्ध’ले कसलाई कति असर पर्छ ?……….

असार २३, २०७५   अमेरिकाले चीनबाट आफ्नो देशमा आउने सामानमाथि अत्यधिक भन्सार लगाउने निर्णय गरेर शुरु भएको यो परिघटना चीनले पनि जवाफमा अमेरिकाबाट आफ्नो देशमा आयात हुने सामानमा उस्तै कदम चालेपछि मुर्त रुपमा देखिएको हो । यस परिघटनाको शुरु अमेरिकाले गर्यो । अमेरिकाले चीनबाट आयात हुने उत्पादनमा अतिरिक्त शुल्क लगायो । शुक्रबारबाट चीनबाट अमेरिका जाने ३४ अर्ब बराबर बस्तुहरुमा २५% भन्सार शुल्क लगाउने फैसला ग-यो । यसमा चीनमा बनेको सेमिकण्डक्टर चीप समावेश छ । यो चिप टीभी, कम्प्युटर, स्मार्टफोन, कार र दैनिक जीवनमा प्रयोग हुने सामानमा प्रयोग हुन्छ । साथमा अमेरिकाले प्लाष्टिक, परमाणु रियाक्टर र दुग्ध सामान बनाउने मेसिनमाथि अतिरिक्त शुल्क लगाएको छ । अमेरिकाले हाल अतिरिक्त शुल्क लगाएका धेरै जसो बस्तुहरु अन्य चीजको उत्पादनमा प्रयोग हुने बस्तुहरु छन् । यसले गर्दा मूल्य बृद्धिको असर अन्य बस्तुहरुको उत्पादन र बजारमा पनि पर्न सक्छ ।
अमेरिकाले खासमा चीनले ‘मेड इन चीन २०२५’ कार्यक्रम अन्तर्गत जुन चीजहरुको उत्पादन गर्दैछ, त्यसमा असर पार्न खोजिरहेको जस्तो देखिन्छ ।  हाम्रो राष्ट्रिय स्वार्थको लागि हामीले कदम चाल्नैपर्छ, अमेरिकाको यस कदमको बदलामा शुक्रबार चीनले पनि अमेरिकी उत्पादनमाथि शुल्क लगायो । चीनले ५४५ अमेरिकी उत्पादनहरुमा शुल्क बढाएको छ । उसले जुन उत्पादनहरुमा भन्सार बढाएको छ त्यसमध्ये ९१% उत्पादनहरुको सम्बन्ध कृषी उत्पादनसँग रहेको छ । यसरी चीनले अमेरिकी किसानहरुमाथि हमला केन्द्रित गरेको छ । यसो गर्नुको राजनैतिक उद्देश्य देखिन्छ । अघिल्लो अमेरिकी राष्ट्रपति चुनावमा कृषकको ठूलो हिस्साले ट्रम्पलाई भोट हालेको थियो । चीन यो हिस्सालाई ट्रम्पको नीतिको विरुद्धमा उभ्याउन चाहन्छ । चीनले अमेरिकी कारहरुमा पनि शुल्क बढाएको छ । अर्थात अमेरिकामा बन्ने फियाट, टेस्ला, क्राइस्लर ब्राण्डका कारहरु अब चीनमा महङ्गो हुनेछन् । साथमा चीनले अमेरिकी चिकित्सक उत्पादनहरु, कोइला र कच्चा तेलमा पनि थोरै शुल्क बढाएको छ ।

यसको असर के हुनेछ ?

यसको असर चीनमा देखिने पक्का छ । व्यापार युद्धले निम्त्याएको अनिश्चिततामा व्यापारीहरुमा लगानीलाई लिएर बढी सावधानी र अविश्वासको मनोविज्ञान निम्तिन सक्छ । यसले गर्दा कम्पनी आफ्नो काम विस्तार गर्नबाट पछाडी हट्न सक्छन् र यदी चिनियाँ लगानीकर्ताहरु आफ्नो व्यापार बढाउनबाट पछाडी हटे भने यसको असर अन्य एशियाली देशहरुमा पनि पर्नेछ । व्यापार युद्धमा चर्किएमा चीनमा भइरहेको उत्पादन अन्य देशमा सारिनेछ ? यो व्यापार युद्धले सबैभन्दा बढी असर निश्चयनै चीन र अमेरिकामा पर्नेछ । डीबीएसका मुख्य अर्थशास्त्री तैमूर बेगका अनुसार व्यापार युद्धको कारणले दुई देशले यो वर्ष आफ्नो जीडीपीको ०.२५% गुमाउनु पर्छ । अर्को वर्ष स्थिति झनै बिग्रन सक्छ । किनकी अर्को वर्ष यही तनाब कायम रहेमा दुई देशको विकास दर ०.५% ले कम हुन सक्छ । चीनको विकास दर ६–७ % छ भने अमेरिकाको २–३ % रहेको छ । यस्तोमा चीनको तुलनामा धेरै नोक्सान अमेरिकालाई हुनेछ ,” बेगले भने, “यसले सप्लाई चेनमा पनि असर गर्न सक्छ । यसो भएमा दक्षिण कोरिया, सिंगापुर र ताइवानमा पनि असर पर्न सक्छ । चीन धेरै मात्रामा यस्तो सामानको निर्यात गर्छ जसको प्रयोग अर्को देश नयाँ उत्पादन तयार गर्नको लागि प्रयोग गर्छन् । इकोनोमिक्स इन्टीलेजेन्स यूनिकका सदस्य निक मर्रो भन्छन् ,“चीनको निर्यातमा थोरै मात्र पनि असर प¥यो भने दोस्रो देशको लागि पनि दुरगामी परिणाम पर्नेछ ।” अमेरिका सामान निर्यात गर्नको लागि हाल चीनमा रहेका कम्पनीहरुले आफ्ना उत्पादन संयन्त्रलाई अर्को कुनै देशमा लान सक्छन् । तर यो परिवर्तनलाई कार्यन्वयन गर्नको लागि समय लाग्छ । फेरी चीनले जुन मात्रामा उत्पादन गरिरहेको छ त्यो लक्ष्य पुरा गर्नको लागि त झनै लामो समय लाग्छ । परिणाम स्वरुप अमेरिकी नागरिकहरुले ससानो चिनियाँ सामान किन्नको लागि बढी पैसा तिर्न तयार हुनु पर्छ । चीनमा काम गर्ने अमेरिकी कम्पनीहरुले पनि “चिनियाँ प्रतिक्रिया’को परिणामा भोग्नु पर्ने हुन सक्छ । उदाहरणको लागि टेस्ला कार कम्पनीका मालिकले पहिले नै चिनियाँ बजार उनको लागि निकै महत्वपूर्ण भएको भनिसकेका छन् । त्यसैले उनले पहिले नै सम्भावित व्यापार युद्धप्रति आफ्नो चिन्ता व्यक्त गरिसकेका छन् । यस कम्पनीले आफूलाई आवश्यक सामान अमेरिकाबाटै लिन्छ र चीनमा विक्रि हुने अमेरिकी कारमा २५% शुल्क लगाइएको अवस्थामा त्यो १५% भन्दा धेरै हुनेछ । परिणामत चीनमा टेस्लाको मुल्य निक्कै बढ्नेछ । यसले गर्दा यो कार बजारका अन्य कारको तुलनामा पछाडि पर्नेछ । सिल्क रोड रिसर्चका अनुसार अमेरिका र चीनबीचको व्यापारमा तनाब आउदाँ चीनमा टेस्लाको लागि काम गर्न अफ्ठ्यारो हुनेछ ।

कति सम्म खराब हुन सक्छ व्यापारिक युद्ध ?
यदि इतिहासको कुरा गर्ने हो भने आजभन्दा पहिले भएका व्यापारिक युद्धको नतिजा सधैं नराम्रो आएको छ । सन् १९३० मा अमेरिकाले युरोपसँग शुरु गरेको व्यापार युद्धले एक हिसाबमा वैश्विक बजारमा नकारात्मक असर पारेको थियो । एक अध्ययनका अनुसार १९२९ देखि १९३४ को बीचमा पुरै विश्वकै व्यापारमा ६६% ले कमी आएको थियो । अमेरिकाबाट हुने निर्यात र युरोपबाट हुने आयात–निर्यातमा दुई तिहाईले कमी आएको थियो । अहिलै नै हामी त्यो स्तरसम्म पुग्यौं कि पुग्दैनौं भनेर भन्न सक्दैन । तर यसमा रहेको अनिश्चितताको कारण पहिलेको समयको तुलनामा व्यापरी वर्ग निक्कै दुःखी छन् । चीन र अमेरिकाबीचमा आखाँको बदला आखाँको यो मानसिकताको यो हदसम्म असर हुन सक्छ कि दुवै पक्ष एक अर्कोसँग आफ्नो असन्तुष्टी व्यक्त गर्नको लागि यति अगाडी पुग्नेछन् कि फेरि आफ्नो छवि खराब हुने डरले उनीहरुको लागि पछाडि फर्कन मुश्किल हुन सक्छ । सिंगापुर इन्टरनेशनल च्येम्बर्स अफ कमर्शका मुख्य कार्यकारी अधिकृत भिक्टर मिल्स भन्छन् ,“तपाई संरक्षणवाद र एंकाङ्कीपनलाई पछ्याउन थाल्नु भयो भने सबैभन्दा पहिले आफ्ना छिमेकीहरुलाई कंगाल बनाउनुहुन्छ , त्यसपछि आफै कंगाल हुनुहुनेछ ।” अन्तराष्ट्रिय स्तरका व्यापारी वर्गका कयैनलाई अझै पनि यो एक अर्कोमाथिको आरोप प्रत्यारोपको यो सिलसिला रोकिन्छ र एउटा सम्झौतामा पुगिने कासिस हुन्छ भन्ने आसा छ ।
तर यदी यस्तो हुन सकेन र यो लडाई अगाडी बढ्दै गयो भने यसले सबै देशलाई घाटा पुर्याउनेछ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार