इन्टरटेनमेन्टका अध्यक्ष सिमान्त गुरुङ पक्राउ………..

 

असार २९, २०७५   काठमाडौँ । भारतीय अभिनेता सलमान खानलाई नेपाल ल्याउने भन्दै पाँच हजारभन्दा बढी टिकट बिक्री गरेर लाखौं ठगी गरेको अभियोगमा ओडीसी इन्टरटेनमेन्टका अध्यक्ष सिमान्त गुरुङ पक्राउ परेका छन् । सलमानलाई काठमाडौंको टुँडीखेलमा ल्याएर कार्यक्रम गर्ने भन्दै लाखौं ठगी गरेका गुरुङलाई लाजिम्पाटबाट नियन्त्रणमा लिइएको महानगरिय अपराध महाशाखाका प्रमुख एसएसपी धिरज प्रताप सिंहले  जानकारी दिए । विप्लव नेतृत्वको नेकपाको धम्की र कालो हरिणको शिकार गरेको मुद्दामा जोधपुर अदालतले खानलाई पाँच बर्षको जेल सजाय सुनाएसँगै सलमानको नेपाल भ्रमण टरेको थियो । तर, आयोजक ओडिसीका अध्यक्ष गुरुङले ‘सलमान नेपाल आउने कम्फर्म छ’ भन्दै ढाँटेर पैसा उठाइरहेका थिए । गुरुङले सलमान ल्याउने भन्दै ५ हजार देखी २० हजार सम्मको टिकट विक्री गरेको बताइएको छ । सिमान्त गुरुङको बिरुद्धमा ठगी गरेको जाहेरी परेको छ’ एसएसपी सिंहले भने, ‘ठगी मुद्दमा म्याद लिएर अनुसन्धान शुरु गर्छौ । केही समयअघि अभियुक्त गुरुङले ३ हजार देखि ५ हजार दरको टिकट बिक्री भएको बताएपनी ५ हजार देखि २० हजार सम्मको टिकट बेचेर करोडौँ उठाएको पाईएको प्रहरीले जनाएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार