वन्दरगाहमा आमा’ उपन्यास वजारमा

लाहुरे अर्थात बृटीस आर्मीहरू वन्दुक बोक्ने र युद्धकलासंग सम्वन्धित विषयमा मात्र ज्ञान राख्छन् भन्ने आम मानिसहरूको वुझाई छ । अभाव गरिविको कारणले नेपाली युवा युवतिहरूले अपनाएको पेशाहरू बाध्यता हो भन्ने तथ्यलाई चरितार्थ गर्दै भुतपूर्व बृटीस आर्मी चन्द्र इङ्नामले ‘वन्दरगाहमा आमा’ उपन्यास भर्खरै एक समारोहका विच सार्वजनिक गरेका छन् । परदेशीलाई लाखौ लाख स्वदेशको माया र जन्म दिने दिवंगत आमाको स्मरण मिश्रति गाउँले आख्यान र मिथ्थकहरू उपन्यासमा समेटेका छन् । तेह्रथुमको विकट गाउँमा जन्मेका इङनाम परदेश -हङकङ बेलायत हुदै हङकङ मा व्यस्तताको वावजुद समाजसेवा, नेपाली भाषा, साहित्यको जगेर्नामा क्रियाशिल व्यक्तित्व हुन् ।

लेखक तथा आख्यानकार राजन मुकारुङले कृतिको लोकार्पण गर्दै भने:  आर्मी पेशामा रहेका इङ्नामको लेखनमा अद्भुत क्षमता छ, पुनः अर्को कृति लेख्नको लागि आग्रह गरे । नेपाली समाजको केही समुदायमा व्याप्त लाहुरे संस्कृतिले जन्माएका सोचहरू, विधवा आमाका पिडा र सन्तानलाई सत्मार्गमा डोर्‍याउन गरेको संघर्षका विम्वहरू चोटिलो रुपमा प्रस्तुत गरिएको समिक्षक वन्दना ढकालले बताउनुभयो । उनले थपिन : उपन्यासले नेपाली साहित्यको आख्यानमाथी एक इटा थपिएको छ ।

उपन्यास पढ्दा गाउँघरको ‘नोस्ट्याल्जीया’ हुन्छ, आमाहरूको यथार्थ कथाव्यथा भेटिन्छ, पत्रकार तथा निवन्धकार दिपक सापकोटाले उपन्यासको समालोचना गर्दै भने । लेखक तथा आख्यानकार राजन मुकारुङ्को सम्पादनमा इन्डिगो इन्कले प्रकाशन गरेका हुन ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार