लोकतान्त्रिक भनिने शक्तिले डा. केसीको हत्या गरेर राजनीति गर्न चाहेका हुनः प्रचण्ड

  बगैचा सम्वाददाता

काठमाडौं

४० औं पुष्पलाल स्मृति दिवसको अवसरमा राजधानीको सभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले लोकतान्त्रिक भनिने शक्तिले गोविन्द केसीको हत्या गरेर लाश माथी राजनीति गर्न चाहेको आरोप लगाएका छन्। उनले नेपाली कांग्रेसले लोकतन्त्रमाथी प्रहार गरेको भन्दै संघीय लोकतन्त्रिक गणतन्त्रलाई केसीको पुच्छर समाएर अन्त्य गर्न खोजेको हो ?  भनी प्रश्न गरे। कांग्रेससँग राजनीतिक एजेण्डा सकिएका हुन् भन्दै उनले कांग्रसलाई प्रश्न समेत गरे। ‘डा.केसी १५ पटक अनशन बसेका छन्। धेरै पटक लोकतान्त्रिक भनिने कै समयमा अनशन बसे त्यो बेला के हेरेर बसेको’, दाहालले प्रश्न गरे।  डा. केसी अनशन बस्ने, वार्ता पनि हुने र सहमति हुने प्रक्रिया पनि चलिरहने उनले बताए। पुष्पकमल दाहालले अनशनरत गोविन्द केसीको जीवनरक्षाको लागि नै जुम्लाबाट काठमाडौं ल्याइएको समेत बताएका छन्।

उनले डा. केसीको अनसनलाई लिएर सरकार गम्भिर रहेको र उनको जीवनरक्षा गर्नका लागि तत्तपर रहेको बताए। ‘डा. गोविन्द केसी अनसन बस्नुहुन्छ। यो नेपाली समाजले पचाइसकेको छ। उहाँसँग वार्ता हुन्छ, सहमति पनि हुन्छ। त्यो पनि सामान्य प्रकृया हो,’ उनले भने, ‘हामी छलफल गरेर समाधान निकालेर उहाँको जीवनरक्षा गर्न चाहन्छौं। तर अर्को एउटा पक्ष उहाँको जीवनरक्षा गर्ने पक्षमा छैन।’

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार