२५औँ दिनमा डा.केसी टोली र सरकारबीच वार्ता, वार्ता पुन अाज बस्दै

  बगैचा सम्वाददाता

काठमाडौं

२५ दिनदेखि अनशनरत डा. गोविन्द केसी टोली र सरकारबीच वार्ता भएको छ । चिकित्सा शिक्षा विधेयकको फिर्ता लिनुपर्ने अडान त्यागे पश्चात सरकार र कसी टोलीबीच वार्ता भएको हो । हिजो रातिसम्म चलेको वार्तामा चिकित्सा शिक्षा विधेयकलाई संसोधन गर्न अनौपचारिक समझदारी भएको बुझिएको छ । दुबै पक्षले वार्ता सकरात्मक रहेको बताएका छन् । वार्ता पुन आज बस्ने भएको छ ।

यसअघि विधेयक फिर्ता लिनुपर्ने माग केसी पक्षको थियो भने सरकार फिर्ता नलिने र संशोधनको प्रक्रियामा पनि नजाने अडानमा थियो । वार्तापछि जारी संयुक्त विज्ञप्तिमा धेरै विषयमा समझदारी जटुने क्रममा रहेको उल्लेख छ । बुधबार बिहान ९ बजे पुन: बैठक बसी थप विषय टुंग्याउने जनाइएको छ । केसीले १० वर्षसम्म काठमाडौं उपत्यकामा मेडिकल कलेजहरु खोल्न नपाउने, एउटा विश्वविद्यालयले ५ भन्दा बढीलाई सम्बन्धन दिन नपाउने, छात्रवृत्तिको कोटा ७५ प्रतिशत हुनुपर्ने लगायतका माग राखेका छन् ।

डा. केसीको अनशन अहिलेसम्मकै लामो २५ औं दिन पुगेपछि दुबै पक्षबीच यो विषय छिटो टुंग्याउन अनौपचारिक तर सघन वार्ता सुरु भएको थियो । प्रधानमन्त्रीले विधेयक र केसीका मागका विषयलाई लिएर समाधानको बाटो निकाल्न भन्दै नेता सुवास नेम्वाङलाई अघि सारेका थिए । सोमबार दिउँसोबाट नेता नेम्बाङले केसीका निकट सहयोगीसँग अनौपचारिक छलफल थालेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार