कांग्रेसद्वारा राष्ट्रियसभा बैठक अवरुद्ध, अर्को बैठक साउन १६ गते

  बगैचा सम्वाददाता

काठमाडौ

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको अवरोधका कारण आजको राष्ट्रिय सभा बैठक स्थगित भएको छ। बुधबारको बैठक सुरु हुनासाथ अध्यक्षसँग समय लिएर बोल्दै नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य बद्रीप्रसाद पाण्डेले २६ औ दिनसम्म अनसनमा बसेका डाक्टर गोविन्द केसीको माग सम्बोधन, राजधानीमा तरुणदलको प्रर्दशनमा भएको प्रहरी दमनबारे गृहमन्त्रीको जवाफ, प्रसाईंमाथि कानुनी कारवाही लगायतका माग पूरा नहुन्जेल बैठक चल्न नसक्ने बताए । राष्ट्रियसभा सदस्य पाण्डेको भनाइसँगै कांग्रेसका सदस्यहरुले उभिएका थिए ।

कांग्रेसले डाक्टर केसीले उठाएको माग सम्बोधन गरी जीवन रक्षा गर्नुपर्ने, तरुण दलको प्रर्दशनमा भएको प्रहरी धरपकडबारे गृहमन्त्रीको जवाफ र बंगलादेशमा अध्ययनरत नेपाली छात्राको अपमान हुने गरि अभिव्यक्ति दिएका दुर्गा प्रसाईंलाई कानुनी कारवाहीको दायरामा ल्याउनुपर्ने माग गर्दै बैठक अवरुद्ध गरेको हो ।

सभाध्यक्षले बारम्बार आग्रह गर्दा पनि कांग्रेसले अवरोध जारी राखेकाले बैठक स्थगित भएको बताइएको छ। राष्ट्रिय सभाको अर्को बैठक साउन १६ गतेका लागि बोलाइएको छ। आजको बैठमा राष्ट्रिय सभाका विषगत समितिहरुमा सदस्य मनोनयन गर्ने कार्यसूची थियो।

 

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार