दोस्रोपटक संसदमा चिकित्सा शिक्षा विधेयक पेश

  बगैचा सम्वाददाता

काठमाडौँ

सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक दोस्रोपटक संसदमा पेश गरेको छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा हिजो बसेको प्रतिनिधि सभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सो विधेयक टेबल गरेका थिए। अघिल्लो संसदमा पेश भएको विधेयकमा सहमति जुट्न नसक्दा निष्क्रिय भएपछि सरकारले फेरि अर्को विधेयक संसदमा पेश गरेको हो । शिक्षा मन्त्रालयले गत असार २२ गत संसद सचिवालयमा दर्ता गराएको विधेयकमा राखिएको व्यवस्थाको विरोध गर्दै त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोबिन्द केसी अनसन बसेपछि संसदमा पेश हुन सकेको थिएन । सरकार र केसीबीच सहमती भएसंगै विधेयक पेश गर्न बाटो खुलेको हो । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि केसीले उठाएका विषय सुनुवाई नभएसम्म विधेयक पेश गर्न नदिने भन्दै विरोध जनाएको थियो । शिक्षामन्त्री पोखरेलले चिकित्सा शिक्षा विधेयक प्रसतुत गर्न अनुमतिथ माग्ने प्रस्तावको विरोधमा सांसद गगन थापा, सरिता गिरी र प्रेम सुवालले विरोधको सूचना दर्ता गरेका थिए । शिक्षामन्त्री पोखरेलले डा. केसीसँग ९ बुँदे सहमति भएको र अहिले केसीको आइसियुमा उपचार भइरहेको जानकारी गराएका थिए । प्रतिनिधि सभाको अर्को बैठक भोलि आइतबार विहान ११ बजेका लागि बोलाइएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार