किराती देवस्थान हात्तिवनमा वृक्षारोपन सम्पन्न

ललितपुर

सानो हात्तिवन किरात माङहिम व्यवस्थापन समिति ललितपरद्वारा गत वर्षहरुमा झै यसवर्षपनि वृक्षारोपन कार्यक्रम सम्पन्न ।
किरातीहरुको संयुक्त देवस्थान हात्तिवनलाई धार्मिक स्थलका रुपमा विकास गर्नको निमित्त सरकारले सहयोग गर्ने बन तथा वातावरण मन्त्रि शक्ति बहादुर बस्नेतले बताए । उनले भने ‘किरातहरुको एकिकृत पहिचानको रुपमा स्थापित यस धार्मिक स्थलमा विकसित हुदै गइरहेको छ, यो हामि सबैको लागी गौरबको कुरा हो । कुनै समय जेजस्ता अठ्प्याराहरु र कठिनाई समयहरु झेल्नुपर्यो अब त्यो परिस्तिति नरहेको विश्वास म दिलाउन चाहन्छु। तपाईहरुको यो सतप्रयासलाई म सरकार मन्त्रालय सबै सरकारि निकायमा पुर्याउने छु, मन्त्रालयको तर्फबाट साथ सहयोग रहने विश्वास दिलाउन चाहन्छु ।’ वृक्षारोपन कार्यक्रममा मन्त्रि शत्ति बहादुर वस्नेतले माङहिममा रहेको चार किरातको चुलामा दिप प्रजलन गरि कार्यक्रमलाई उदघाटन गरे साथै रुद्राक्षको बिरुवा रोपे ।

त्यसैगरि विशेष अतिथिहरु मा‍.अईन्द्र सुन्दर नेम्बाङ, मेयर चिरिबाबु महार्जन, लपुमनपा अतिथिहरुमा वन सचिव डा. विश्वनाथ वलि, गृह सचिव, भुपु वन सचिव डा. उदय चन्द्र ठाकुर, वन बिभाग महानिर्देशख कृष्ण प्रसाद आचार्य र सल्लाहकारहरु मञ्जुल कुमार याक्थुम्बा, राज बहादुर राई, दया प्रसाद योङहाङ, सुसेसका अध्यक्ष रणविर सुनुवार, दुर्गामनि देवान, देविभक्त राई र अन्य ब्यक्तिहरु तथा सामाजिक संस्थाहरुको बाक्लो उपस्थित रहेको थियो ।

स्वागत मन्तब्यका क्रममा व्यबस्थापनका उपाध्यक्ष भिमतावाले भने ‘यो किरात धार्मिक वनविकाशका लागी हाम्रो मास्टरप्लान छ, स्थानिय निकायबाट आएको रकममा हामि हाम्रो गोजीबाट थपेर यस वनलाई विकास गर्नेछौ ।’  मन्तब्यकै क्रममा सल्लाहकार मञ्जुल कुमार याक्थुम्बाले किरात माङहिम बनाउनको लागी मैले धेरै उत्तरचढाबहरु भोगेकोछु तर कहिले पनि सरकार हामीसँग कहिले पनि सकारात्मक रहेन । यो हाम्रो तितो अनुभव हो । तै पनि हामी रातारात गरेर हाम्रो देवासानहरु बनायौ । कडा मेहनतपछि २०५८ सालबाट चैत्र १६ गतेबाट हामिले किरात धार्मिक बनको मान्यता प्राप्तगर्यौ । हामीलाई भविस्यमा यसको स्वमित्व चाहिदैन, स्वमित्व सरकारकै होस तर हामीले उपभोग गरिआएको स्थलमा हस्तक्षेप नहोस भन्ने बताए । किरात माङहिमका अध्यक्ष बिष्णु कुमार यक्सोले आफ्नो भनाईहरु राख्दै उपस्थित सहयोगी सम्पुर्णलाई धन्यवाददिदै कार्यक्रमलाई समापन गरे ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार