विश्व आदिवासी दिवसलार्इ राष्ट्रिय आन्दोलनकै रुपमा मनाइने

  बगैचा सम्वाददाता

काठमाडौ

नेपाल आदिवासी जनजाति महासंघले यस बर्षको विश्व आदिवासी दिवस ९ अगष्टलार्इ आन्दोलनकै रुपमा मनाउने घोषणा गरेको छ । बुधबार महासंघले काठमाडौंमा पत्रकार सम्मेलन गरेर यस बर्ष २४ औं विश्व आदिवासी दिवस पनि आन्दोलनकै रुपमा मनाउने घोषणा गरेको हो । महासंघले घोषणा गरेको विश्व आदिवासी दिवस लक्षित विविध कार्यक्रममार्फत संविधान संशोधन गर्दै आदिवासी जानजातिको पहिचान सुनिश्चित गर्न माग गरिने बताइएको छ ।  संविधान संशोधनको माग गर्दै आएको महासंघले विश्व आदिवासी दिवसको सन्दर्भमा साउन १९ र २० गते काठमाडौंमा ‘आदिवासी जनजाति वृहत राष्ट्रिय राजनीतिक सम्मेलन’ गर्ने कार्यक्रम समेत सार्वजनिक गरेको छ । कार्यक्रममार्फत संविधान संशोधन गर्दै आदिवासीको पहिचान सुनिश्चित गर्न नयाँ राजनीतिक बाटो तय हुने महासंघले अपेक्षा गरेको छ । यता संविधान जारी हुने बेला छुट्टै आन्दोलन गरेको पद्यमरत्न तुलाधार नेतृत्वको ‘आदिवासी जनजाति राष्ट्रिय आन्दोलन, नेपाल’ले समेत यस वर्ष महासंघसाग सहकार्य गरेको विश्व आदिवासी दिवस मनाउने भएको छ । विश्वभरका आदिवासीले हरेक वर्ष ९ अगष्टका दिन विश्व आदिवासी दिवस मनाउने गरेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार